अव फोन हराउने चिन्ता गर्न नपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ भाद्र २०७२, बुधबार १४:५०

एजेन्सी  :मोबाइल हराउला भनेर धेरैलाई टेन्शन हुन्छ । हुनु पनि स्वभाविकै हो महंगो मोबाइल हराउँदा पैसा मात्र होइन यसमा भएका सूचना र सामग्री सबै जान्छन् । तर अव भने मोबाइल हराउने चिन्ता गर्नु नपर्ने भएको छ ।mobailluckअमेरिकामा बन्ने मोबाइलमा ‘किल बटन’ अर्थात चोरी भएका मोबाइल निष्क्रिय पार्ने सुविधा राख्ने कानून लागु भएपछि यस्तो चिन्ता हटेको हो । मंहगा मध्येको आइफोन अमेरिकाकै उत्पादन हो भने अन्य महंगा उत्पादन पनि अमेरिकाकै छन् ।

मोबाइल चोरी रोक्नका लागि अमेरिकाका कम्तिमा ४ राज्यमा यस्तो कानून लागु हुने भएको छ भने अन्य राज्यमा पनि त्यस्तै तयारी गरिएको छ ।

अमेरिकाको कनेक्टिकट, इलिनोइस, मिसिसिपी, मिसौरी, न्यू मेक्सिको, न्यूयोर्क, ओरेगन र भर्जीनिया राज्यमा यस्तो प्रविधीको प्रयोग हुने छ ।

यो प्रविधी राखेपछि मोबाइल हराएमा त्यसलाई अरुले चलाउन नसक्ने र त्यसमा भएका सूचना कसैले प्रयोग गर्न नसक्ने बनाउन मिल्ने छ ।

यस्तो प्रविकी सफ्टवेयरकोरुपमा अन्य देशमा समेत प्रयोग गर्न सकिने छ । जसले गर्दा मोबाइल हराउने समस्याबाट मुक्ति पाउने विश्वास निर्माताहरुले गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१