अभिनेत्री मनिषा कोइराला पनि राजसंस्थाकै पक्षमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ भाद्र २०७२, बुधबार १४:२९

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपालमा राजसंस्थालाई उचित स्थान दिनु पर्ने भन्दै हिन्दुअधिराज्य कायम हुनुपर्ने माग गरेकी छिन् । सामाजिक सञ्जालमार्फत मंगलबार आफ्नो तीन बुँदै धारणा सार्वजनिक गर्दै अभिनेत्री कोइरालाले नेपाल राष्ट्रको निर्माता तथा अढार्इ सय वर्षसम्म राष्ट्रको संरक्षक राजसंस्थालार्इ पाखा लगाएर संविधान बनाइँदा राष्ट्रिय एकता खल्बलिने बताएकी हुन् ।ma

नेपाली सेनालाई आगामी दिनमा शक्तिशाली बनाउनुपर्ने सुझाब दिएकी मनिषाले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक आयोगलाई बलियो बनाउनुपर्ने बताएकी छिन् । मनिषासँगै नरेन्द्रराज प्रसाईले पनि संयुक्त वक्तब्य निकालेका छन् । उनीहरु दुबैले सुझाब दिँदै नेपाली राजसंस्थाले अढाइ सय वर्षसम्म राष्ट्रमा संरक्षकको भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया