राप्रपा नेपाल संविधान निर्माण प्रक्रियाबाट बाहिरियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ भाद्र २०७२, बुधबार १४:०७

काठमाडौँ । संविधानसभाको चौथो ठुलो दल राप्रपा नेपालले संविधान निर्माणको जारी प्रक्रियाबाट अलग हुने निर्णय गरेको छ। राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग रहने निर्णय गरेको हो ।

राप्रपा नेपालले राखको माग तथा मुद्दालाई सम्बोधन गर्ने र संविधानमा समेट्नेतर्फ तीन ठूला दलबाट कुनै पनि सकारात्मक पहल नभएको निश्कर्ष निकाल्दै यस्तो अवस्थामा प्रक्रियामा सहभागी भइरहनुको कुनै अर्थ नरहेको निर्णय बैठकले गरेको छ।राप्रपा नेपालले संवैधानिक राजतन्त्र, हिन्दुराज्य विकेन्द्रिकृत सिद्धान्तको आधारमा केन्द्रिकृत राज्य प्रणाली हुनुपर्ने माग अगाडि सार्दै आएको छ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो ट्वीटरमार्फत संविधान लेखनको प्रक्रियाबाट बाहिरिने पार्टी निर्णय सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया