महोत्तरी । चिकित्सकको लापर्बाहीको कारण महोत्तरीको गौशालास्थित प्राथमिक स्वाथ्य केन्द्रमा उपचारका लागि आएका एक जना बिरामीको मृत्यु भएको छ।
आज बिहान भरतपुर–३ का ५५ वर्षीया पियरीयादेवी सहनीको अस्पतालको लापर्बाहीको कारण समयमै उपचार हुन नसक्दा मृत्यु भएको हो। एकाबिहानै घरलिप्ने क्रममा गोमन सर्पले टोकेको र उपचारको लागि तत्काल नै अस्पतालमा ल्याउँदा समेत अस्पतालका चिकित्सकको लापरवाहीको कारण पियरियादेवीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय र्गौशालाले जनाएको छ ।
आफुसँग सर्पदंसको विरामीका लागि राखिएको औषधी कक्षको साँचो नभएका कारण विरामीको मृत्यु भएको अस्पतालका ईन्चार्ज डा अशोक कुमार यादवले स्वीकार गरे। यता विरामीका परिवारजनहरुले उचित क्षतिपुर्ति तथा दोषीलाई कारबाहीको माग पुरा नहुन्जेलसम्म शव नउठाउने चेतावनी दिएका छन । रासस
प्रतिक्रिया