आज भोलि गाउँ देखि शहरसम्म गितसंगीतको बजार वढिरहेको छ । पहिला पहिला पुराना पुस्ताका व्यक्तिमात्र लोक गितमा आकर्षित हुने गरेकोमा अहिले भने युवा पुस्ताका गायक गायिका पनि यो क्षेत्रमा आउन थालेका छन । पप कन्र्सट मात्र हुने ठाउँमा आज भोलि लोक दोहोरीका कलाकारहरुलाई महोत्सवमा बोलाएर रमाईलो गर्ने चलन बढ्दै ।
अहिलेका चलेका लोक गायिकाहरु देश विदेशमा महोत्सवमा भ्याई नभ्याई हिडिरहेका पाईन्छन । उनीहरुको आम्दानी पनि अपत्यारीलो छ । चलेका लोक गायिकाको मासिक १ लाख रुपैयासम्म छ । आज हामी चलेका लोक गायिका को कति सम्म छन चर्चा गर्दैछौ ।
कोमल ओली
ढल्कदो उमेरमा पनि सधैं चर्चा र व्यस्ततामा रहन सक्ने लोक गायिकाको पहिलो पगरि कोमल ओलीलाई पहिराई दिए फरक पर्दैन । उनको व्यस्तता र चर्चा देश र विदेश सबै तिर छ । लोक गायिका ओलीले ४० को दशक देखि माईक अगाडी व्यवसायीक रुपमा गाउन थालेकी हुन् । रेडियो नेपालको समाचार शाखामा स्थायी कर्मचारी भए पनि देश विदेशका स्टेज र महोत्सवमा उनको उपस्थिति बाक्लो छ । कोमल ओली जति प्रष्टसँग समाचार पढ्छिन् उति नै सुरिलो स्वर ठट्यौली गित गाउँछिन् । स्टेजमा भरपर्दो कार्यक्रम प्रस्तोताको रुपमा पनि उनको चिनारी छ । लोक संगितकै आम्दानीमा गाडी चड्न भ्याएकि अविवाहित कोमल ओली पोईला जान पाम् बोलको गितबाट विवाद र चर्चामा आएकि थिईन् । उनले गाएका सबै लोक गित रोमान्टिक मुडका छन् र प्राय सबै गित चर्चित पनि छन् । नाम दामका हिसाबले पनि उनी सदाबहार गायिकाको रुपमा परिचित छिन् ।
मन्जु पौडेल
गुल्मीमा जन्मे हुर्केकी लोक गायिका मन्जु पौडेलले अहिले सम्म करिब दर्जन एल्बम बजारमा ल्याएकि छिन् । रेडियो कार्यक्रम संचालिकाको कामबाट संचार उद्योमा उदाएकि मन्जुको पछिल्लो गित मनको तिर्खा मायाले मेटेको , तिमी हामी लुकेरै भेटेको बोलको गित चर्चित गित मध्ये पर्छन् । प्राय जसो रामजी खाँडसंग लोकगित गाउने मन्जु स्टेज कार्यक्रम संचालन गर्न निकै खप्पीस छिन र खप्पीस सँगै चर्चित पनि छन् । प्रत्यक्ष लोक दोहोरी गित गाउन सिपालु र दर्शकलाई मनोरन्जन दिलाउन जानेकी मन्जु आफुलाई गायिका भन्दा उद्घोषिका भन्न रुचाउँछिन । नेपालमा धेरै जसो ठाउँमा आफ्नो प्रस्तुती देखाईसकेकी लोक गायिका मन्जु पौडेलले जापान र अष्टेलियामा समेत आफ्नो प्रस्तुती दिइसकेकी छिन । गाएरै कति कमाउनु हुन्छ भन्ने प्रश्नमा ठ्याक्कै जवाफ नदिए पनि गाएरै नाम दाम र काम कमाउने सक्रिय गायिका भित्र मन्जुको पनि नाम अटाएको छ ।
मुना थापा
पछिल्लो समय कि चर्चित लोक गायिका मुना थापाको जन्म थलो गोरखाको मनकामना गाविस हो । ३ वटा एल्बम बजारमा ल्याउन साथै उनको चर्चा एका एक चुलि
एको हो । अहिले सम्म मुनाले ९ सय भन्दा बढी लोक गितमा आफ्नो स्वर दिएकी छिन् । गाउनकै लागि २०६१ सालमा काठमाडौ आएकि गायिका मुना थापाको चिसो चिसो हावा सरर ….रुमाल फरर , तिते करेली , तिमी राम्रो हाँसोले लगायतका गित निक्कै चर्चित छन् । काठमाडौको नयाँ बजारमा बसोबास गर्दै आएकी मुनाको आम्दानी ठ्याक्कै नभने पनि लगभग एकलाखको हाराहारीमा कमाई गर्ने लोक गायिका भित्र उनको पनि नाम अगाडी नै छ । उनको गाएको आई लभ यु को उत्तरै जानिन भन्ने बोलको गित छिट्टै आउँदैछ । मलेसिया, हङकङ , जापान, अष्ट्रेलिया,युके लगायतका देशमा गएर गाईसकेकी मुना नेपालका अधिकांश ठाउँमा पुगी सकेकी छन् ।
देवी घर्ती
लोक गायिका देवी घर्तीको नेपालका चर्चित गायिका मध्यकी एब हुन । बाग्लुङमा जन्मीएकी देवी व्यावसायिक रुपमा गाउनन कै २०६१ मा काठमाण्डौ आएकीथिइन् । हाल सम्म ३ ओटा एल्बम सार्वजनिक भएका छन ्। तर उनको आवाजमा भने ५ हजार गित रेकर्ड भईसकेका छन । उनका पछिल्ला समयको चर्चामा रहेका गितहरु लाछा डोरी उनको, हास्न सिकायौ, बिरामी छु ,पर्खाइमा गयो हुन् । कोरिया,जापान,कतार, मलेसीया, साउदी, हङकङ लगाएत थुप्रै देशहरु ऋाफ्नो प्रस्तुती देखाई सकेकी गायिका देवीको मासिक दुई लाख सम्म आम्दानी छ । उनी पती राजु ढकाल र छोरी रिदमसंग काठमाडौको नयाँ बजारमा बस्छिन ।
पम्फा कडेंल
सुर्खेत बाविया चौरकी पम्फा कडेंल मध्यपश्चिम कि उदयीमान लोक गायिका हुन् । गाउनका लागि नै २०६३ सालमा काठमाडौ हान्निएकि पम्फाले ४ वटा एल्बम प्रकाशित गरेकि छिन् र लगभग १०० वटा लोक तथा दोहोरी गितमा आवाज भरेकि छिन् । उनले गाएका अझै माया, तिन तलेमा झयाल, हिन्छौ मिसकल ठोकी गितहरु निक्कै चर्चित छन् । ४ वर्ष अघि विवाह सम्बन्धमा गाँसिएकि पम्फा एक छोराकि आमा भइसकेकी छिन । उनको श्रीमान् नेपाली सेनामा जागिरे छन् । विवाह पछि सुस्ताएकि लोक गायिका पम्फा आज भोलि भने स्टेज कार्यक्रममा देखा पर्न थालेकी छिन । भर्खरै उनी भारतका विभिन्न शहरमा आफ्नो प्रस्तुती दिएर नेपाल फर्किएकि छिन् ।
जानकी तारामी
सुर्खेत साल्कोटको सामान्य परिवारमा जन्मे हुर्केकी जानकी तारामीले गाएको ढाड दुखेर मारो, भोटमा बस्ने भोटीनी तराईमा बस्ने थरुनी बोलका गित अहिले निक्कै चर्चित छ । आफैले करिब १० वटा लोक तथा दोहोरी गित बजारमा ल्याएकि जानकि अहिले काठमाडौको नयाँ बजारमा बस्छिन् । पोखराको विभिन्न दोहोरी साँझमा लोक गित र दोहोरी गाउँदा गाउँदै काठमाडौमा भित्रिएकि जानकि ले ४ बर्ष भित्रै करिब १० वटा एल्बम बजारमा ल्याएकि हुन । सुरिलो आवाज र मिजासिलो व्यवहारले जानकीलाई पनि लोक दोहोरी गित संगितको बजारमा व्यस्त बनाएको छ ।
राधिका हमाल
रोल्पामा जन्मेकी राधिका हमाल भारतमा हुर्के बढेकी हुन । ५४ साल देखि गाउन शुरु गरेकी हमाल २०५९ सालमा काठमाडौ छिरेकी हुन । लोक लय देखि देउडा गरी करीब ३ हजार गितमा आफनो स्वर दिइसकेकी छिन् । लोक गायिका राधिका हमालले गाएको माता भवानी ढल्क्यो जवानी , झोर्ले , कुरकुरे बैसले लगायतका गितहरुले निक्कै चर्चा
पाएको छ । गायिका हमालले आफ्नै लगानीमा रेकडिङ स्टुडियो पनि खोलेकी छिन । उनको गायन पेशामा श्रीमान कृष्ण पुनले निक्कै सहयोग गर्ने गर्दछन । उनी गाएरै मासिक ५० हजार भन्दा कमाउँछिन ।
सुुनिता दुुलाल
सिन्धुपाल्चोकमा जन्मेकी सुुनिता दुुलालको परिचय भिजे, मोडेल आरजे सबै हो । तर पनि पछिल्लो समयमा उनी सफल गायिकाको रुपमा परिचित छिन । स्टेजकार्यक्रममा दर्शक र श्रोतालाई मनोरन्ज दिलाउन सिपालु सुनिताका चर्चित गितहरु आमाले पकाएको मिठो खाना, अव त मैले पनि झुम्का लगाउछु र मेरै दिलमा फुल्यौ निरमाया पछिल्ला समयमा आमा श्रोताको मुखमुखमा झुन्डीएका गितहरु हुन । उनी अहिले सम्म गाउनकै लागि अमेरिका , युरोपेली मुलकहरु , दक्षिण कोरिया, जापान, मलेसिया , हङकङ, लगायत थुप्रै देशहरुमा पुगिसकेकी छिन । अविवाहित सुनिता आफ्नो गितको म्युजिक भिडियोमा आफै मोडल भएर देखिन्छिन । उनले गायनलाई नै व्यावसायिक रुपमा अगाडि बढाएकी छिन ।
ज्योति मगर
चल्तिका लोक गायिकाहरु मध्ये हट एण्ड सक्सि ज्योति मगर जहाँ पुग्छिन् त्यहि तहल्लका मच्चाउछिन् । पछिल्लो समय दुवईको कार्यक्रममा पुगेकि ज्योति जति बेला स्टेजमा चढिन् पुरै हलमा हचलच मच्चियो । उपस्थित युवा जमात उनको नजिक पुग्न खोज्यो । स्थिती नियन्त्रण भन्दा बाहिर गए पछि झण्डै कार्यक्रम नै रोक्नु परेको खबर विभिन्न अनलाईले छापेका थिए । केहि महिना अगाडी ज्योतिले लगाएको कपडा समाज सुहाउँदो नभएको भन्दै नेपाल टेलिभिजनले उनको अन्तरवार्ता कार्यक्रम नै प्रशारण गर्न रोक लगाएको थियो । महोत्सव र साँस्कृतिक कार्यक्रमा दर्शक र आयोजकको पहिलो रोजाई बन्नुको पछाडी उनका ग्लामर गफ , उत्तेजक पहिरन र प्रस्तुती हो ।
उनी स्टेजमा उक्लिदा गीतसंगै उनले लगाएको पहिरनले पनि निकै चर्चा पाउछ । विशेष गरी उनी स्टेज कार्यक्रममा अलि सेक्सी पहिरनमा सजिन मन पराउछिन । साथै आफुले गाउने गित अलि छाडा भएको स्वीकार गर्ने गायिका ज्योति मगर पछिल्लो समयको निक्कै व्यस्त लोक गायिका हुन । जति व्यस्त छिन् उति नै कमाई पनि गर्दैछिन् र्। पिरतीमा दम छ’ अघि मैले ‘मन किन टाढा भयो’,’मायासँग’,’उही मुलाको सिन्की’,’चौबन्दी चट्टै’ तथा ‘जिम्वाल बाउकी छोरी’ शीर्षकका एल्बम बजारमा ल्याइसकेकी ज्योतिको माग देश विदेशमा धेरैनै छ ।
अल्छी हुँदै पुराना लोक गायिका
सदाबहार लोक गायिकाको छवि बनाएकी विष्णु माझी स्टेज कार्यक्रममा भने जाने गर्दिनन् । व्यवसायिक रुपमा उनलाई महंगी गायिकाको रुपमा लिईन्छ । त्यसैगरी नाम कहलाएका गायिकाहरु लक्ष्मी न्यौपाने, हरिदेवी कोईराला, शिवा आले, शिला आले , शर्मिला गुरुङ, विमा कुमारी दुरालाई अहिले फुर्सद भएको छ । उनीहरुलाई स्टेज कार्यक्रममा त्यति साह्रो देखिदैन ।
प्रतिक्रिया