मुक्ति पाएको छ वर्ष बित्यो हलियाको अवस्था उस्तै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ भाद्र २०७२, मंगलवार ११:४८

डडेल्धुरा, २२ भाद्र । साहुमहाजनबाट मुक्त भएको वर्षौं बितिसक्दा पनि मुक्त हलियाको अवस्था उस्तै रहेको छ । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालको चौथो राष्ट्रिय महाधिवेशन तथा सातौँ हलिया मुक्ति दिवसको अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रमका सहभागीले सो गुनासो गरेका हुन् ।haliya

मुक्तका बेला मालिकबाट बिना क्षतिपूर्ति मुक्त गर्ने काम जिल्ला प्रशासनले ग¥यो त्यही अहिले आएर खड्की रहेको मुक्त हलियाको भनाइ रहेको छ ।

सरकारले मुक्त गराउने कामबाहेक पुनःस्थापनाको कार्य कछुवाको गतिमा अगाडि बढाउँदा आफूहरु पीडामा रहेको र परिवारको मुखमा माडलाउने समस्या ज्यूका त्यू रहेको मुक्त परिवारले पीडा सुनाए । साथै आफूहरुको सरकारले चाँडो व्यवस्थापन गरिदिनु पर्ने उनीहरुको माग गरेका छन् ।

सरकारको तथ्याङ्कअनुसार १९ हजारभन्दा माथिको सङ्ख्यामा रहेका मुक्त हलियामध्ये ११ हजार २१९ जना प्रमाणीकरण भएका छन् । प्रमाणीकरणमध्येबाट पनि आठ हजार ९३७ जनाले मात्र परिचयपत्र पाएको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका अध्यक्ष मोहनलाल सार्कीले भन्नुभयो ।
हलियाको विषयमा सरकार गम्भीर रहेको र चाँडै बाँकी रहेका हलियालाई परिचयपत्र वितरण र पुनःस्थापनाको लागि सरकारले ठोस नीति र कार्ययोजना बनाएर अगाडि जाने प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइँटेलले बताउनुभयो । रासस

प्रतिक्रिया