लघुवित्तका पिता पन्तको निधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ भाद्र २०७२, मंगलवार १०:४०

11950854_10200936350887899_523746337_nकाठमाडौँ, २२ भाद्र  । नेपालको लघुवित्तका पिता भनेर चिनिने डा हरिहरदेव पन्तको ७२ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरका कारण बिरामी पर्नुभएका पन्तको काठमाडौँको अनामनगरमा रहेको आफ्नै निवासमा सोमबार बेलुका निधन भएको हो । नेपालमा लघुवित्त भित्र्याउने श्रेय पाउनुभएका पन्तलाई सरकारले फादर अफ माइक्रो फाइनान्स भनेर सम्मान पनि गरेको थियो । उहाँको अवधारणा र नेतृत्वमा नेपालमा निर्धन उत्थान बैंक पहिलो लघुवित्त बैठकको रुपमा स्थापना भएको हो । नेपाल राष्ट्र बंैकका पूर्व डिपुटी गभर्नरसमेत रहनुभएका पन्तले राष्ट्र बैंकमा रहेका बेला र निर्धन उत्थान बैंकको स्थापनापछि पनि नेपालको गरिबी निवारण र वित्तीय संस्थामा गरिबको पहुँच बढाउन ठूलो योगदान गर्नुभएको थियो । डा पन्तसँग झन्डै दुई दशकसँगै काम गर्नुभएका लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश शर्मा नेपालमा लघुवित्तको जुन विकास भएको छ, त्यसको मुख्य श्रेय उहाँलाई नै जाने बताउनुहुन्छ । बङ्लादेशमा लघुवित्तले गरेको उदाहरणीय काम हेरेर स्वदेश फर्केपछि उहाँले सुरु गर्नुभएको लघुवित्त अभियान अहिले दर्जनाँै लघुवित्त बैठकमार्फत चलिरहेको छ भने लाखाँै ग्रामीण बासिन्दा लाभान्वित भएका छन् । रासस

प्रतिक्रिया