पालक विश्वमा खाईने हरियो तरकारीमध्येको एक प्रमुख तरकारी हो । यो सागको प्रयोग तथा उत्पादन इरानबाट भएको मानिन्छ । चीनमा पालक सातौ शताब्दीमा ल्याइएको अनुमान गरिएको छ । युरोपेलीहरूले १२ औ शताब्दीमा मात्र पालकबारे जानकारी पाएका थिए भने अमेरिकीहरूले १८ औ शताब्दीमा मात्र यसको प्रयोग गरेका थिए ।
पालकलाई गुणी तरकारी मानिन्छ । १ सय ग्राम पालकमा २६ किलो क्यालोरी, प्रोटिन २ प्रतिशत, कार्बोहाइड्रेट २.९ प्रतिशत, नुन ९२ प्रतिशत, फ्याट ०.७ प्रतिशत, फाईबर ०.६ प्रतिशत, खनिज लवण ०.७ प्रतिशत हुन्छ । पालकमा क्याल्सियम, फलाम, भिटामिन ए, बी, सी आदी प्रचुर मात्रामा पाईन्छ । यसै गुणका कारण यसलाई शरिरलाई सुरक्षा दिने तरकारीका रूपमा लिइन्छ । पालकले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्धत गर्छ । खोकी, फोक्सोको समस्यामा पनि पालकको रसले कुल्ला गर्नाले फाईदा गर्छ । पालकको रस पिउनाले आँखाको ज्योति तथा स्मरण शक्ति बढाउन मद्धत गर्छ । यसमा हुने आयोडिनका कारण मष्तिष्कको थकानलाई पनि कम गर्न मद्धत गर्छ ।
– पालकको पातको रस र नरिबलको पानीको समान मात्रा मिसाएर बिहान-बेलुका खाने गरे पथ्थरी घुलेर बाहिर निस्कने गर्छ ।
– गुजरातका आदिवासीहरूका अनुसार कांक्रो, पालक र गाँजरको समान मात्रा मिसाएर जुस बनाएर खानाले कपाल बाक्लो र लामो हुन्छ ।
– जण्डिसका रोगीलाई पालकको रस काँचो मेँवामा मिसाएर खान दिए फाईदा गर्छ ।
– गुजरातका आदिवासीहरूले जण्डिस भए मुंगको दालमा पालक मिसाएर तयार गरिएको तरकारी खुवाउने गर्छन् ।
– रक्तचाप कम भएका बिमारीलाई पालकको तरकारीको प्रयोग गर्नु फाइदाजनक हुन्छ । यसले रक्तसञ्चारलाई नियन्त्रित गर्छ ।
– थाइर्वाईडमा एक कप पालकको रससँग एक चम्चा मह र एक चौथाई चम्चा जिराको धुलो मिसाएर खानाले फाइदा गर्छ ।
– पालकको रसले कुल्ला गर्नाले दाँतको समस्या, मुखको गन्ध जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।
प्रतिक्रिया