गोदावरीबाट फर्केको बस दुर्घटना, छ तीर्थालुको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ भाद्र २०७२, मंगलवार ०७:२१

downloadकाठमाडौं २२ भाद्र  ।

गोदावरीमा लागेको १२ बर्षे मेला भरेर फर्किएको बस धादिङको जीवनपुरमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

गोदावरीमा आएका तीर्थालुले खचाखच भरिएको बा २ ख २३२१ नम्बरको बस धादिङको जीवनपुर–५ चिउरीमोडमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको हो ।

उनीहरुको सनाखत भएको छैन । बीस भन्दा बढी घाइतेलाई थप उपचारका लागि राजधानीको वीर अस्पताल पठाइएको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलले बताए।

दुर्घटनामा ३५ जना यात्रु घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर छ। दुर्घटनापछि धादिङको खानीखोला र काठमाडौंबाट उद्धारका लागि प्रहरी टोली परिचालित भएको छ ।

उक्त बस टायर पड्किएर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएका स्थानीयका अनुसार सो बसमा ४० भन्दा बढी तीर्थालु रहेका थिए ।
अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१