नायीका पामेलालाई पतिसँग देखेपछि कुकुरद्वारा आत्महत्या !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ भाद्र २०७२, मंगलवार ०७:१७

Pamela-Andersonचर्चित पामेला एण्डरसनलाई अन्य कोही व्यक्तिको साथमा देखेर कुनै पनि मानिसलाई रिस उठ्न सक्छ । तर, उनको कुकुरलाई पनि रिस उठेको र आत्महत्या समेत गरेको सुन्दा पक्कै पनि अचम्म लाग्न सक्छ । कुकुरले आत्महत्या गरेपछि पामेला एण्डरसनको जीवनमा निकै ठूलो तरंग उत्पन्न भएको छ ।

आफूले पालेको कुकुरले आत्महत्या गरेपछि आफ्नो जीवनमा तरंग उत्पन्न भएको उनी आफैले खुलासा गरेकी छिन् । उनको घरेलु कुकुर जो-जो को केही महिना अघि मृत्यु भएको थियो । कुकुरको मृत्युपछि उनी निकै चिन्तित र निराश थिइन् । पामेलाले जो जो मृत्यु सामान्य मृत्यु नभई उसले आत्महत्या गरेको बताएकी छिन् । यसको प्रमुख कारण उनको पूर्व पति रिक सोलोमेन भएको समेत उनले खुलासा गरेकी छिन् । पामेलाका अनुसार जो जो उनका पूर्व पति रिक सोलोमेनलाई मन पराउँदैनथ्यो । यसकारण रिकसँग दिक्क भएर उसले यो संसार नै छोड्ने निर्णय गरेको हो ।

Pamela-Anderson1पामेलाले रिकसँग यही वर्षको अप्रिलमा पारपाचुके गरेकी थिइन् । अन्तराष्ट्रिय सञ्चारमाध्मयहरूका अनुसार पामेलाले आफ्नो कुकुरको मृत्यु भएको लामो समय नभएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘मलाई लाग्छ की उसले आत्महत्या गरेको हो । किनकी उसले मेरो पतिलाई मन पराउँदैनथ्यो ।’

हलिउडमा अमेरिकी-क्यानेडियन पामेलाको लामो समयदेखी दबदवा रहेको छ । उनका प्रशंसक पनि निकै धेरै छन् । पामेला १९८९ देखी लगातार चलचित्रमा लागिरहेकी छिन् । रिक उनको तेस्रो पति थिए ।

रिकभन्दा पहिले पामेलाले टम ली र किड रकसँग विवाह गरेकी थिइन् । पामेला दुई छोराकी आमा समेत हुन् । पामेला एण्डरसनले पूर्वपतिलाई आफ्नो कुकुरको मृत्युको जिम्मेबार बताएकी छिन् । तर, उनले अब के कदम उठाऊँछिन्, यसबारे केही बताएकी छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१