नेपाली तेक्वान्दोका पावरहाउस कोटेश्वर डोजाङको अत्याधुनिक भौतिक संरचनाको तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७२, सोमबार १५:४७

taekकाठमाडौँ  । नेपाली तेक्वान्दोमा महत्वपूर्ण प्रभाव रहेको काटेश्वर तेक्वान्दो डोजाङले नयाँ संरचनाका रुपमा अत्याधुनिक प्रशिक्षण हललगायत विभिन्न संरचना बनाउने तयारी गरेको छ ।

महादेवस्थान र जडीबुटी दुई स्थानमा प्रशिक्षण सञ्चालन गरिरहेको कोटेश्वरले पेप्सीकोलामा नयाँ हल बनाउने तयारी गरेको हो । हाल स्नुकर र फिटनेस सेन्टरसहित सञ्चालित डोजाङमा थुप्रै अत्याधुनिक भौतिक संरचना तयार हुनेछ । राष्ट्रिय टोलीका खेलाडीका लागि फिटनेस र व्यायामशालाका लागि समेत सो स्थान उपयुक्त हुने डोजाङले जनाएको छ ।

डोजाङ प्रमुख नवीनकुमार श्रेष्ठ भन्नुहुन्छ – “पूर्ण व्यावसायिक तेक्वान्दो प्रशिक्षण केन्द्रको तयारीमा हामी छौँ ।” एउटा पूर्ण तेक्वान्दो एकडेमीका लागि आवश्यक पर्ने सम्पूर्ण संरचना तयार गर्दैछौँ । स्विमिङ पुलको निर्माण र प्रत्येक महिना स्तरीय खेल र नियमित समयको अन्तरालमा अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता कोटेश्वरका थप आकर्षण हुनेछन् ।

यसका लागि अमेरिकामा रहेको वान एकडेमीका उपप्रमुख नवीनका भाइ तथा साफ स्वर्ण पदकधारी निरञ्जन श्रेष्ठको विशेष भूमिका रहने छ । नेपाली तेक्वान्दोमा उत्कृष्ट प्रशिक्षक रुपमा परिचित कोटेश्वरका प्रमुख नवीन श्रेष्ठका निर्मल र निरञ्जनसहितको तीन दाजुभाइले एसियाडमा सहभागिता जनाउँदै नेपालको इतिहासमा कीर्तिमान कायम गरेका थिए ।

यसैगरी सोही डोजाङका रञ्जन श्रेष्ठ र सक्षम कार्की राष्ट्रिय टोलीका प्रभावकारी सदस्य हुन् । हालै मलेसियाका सम्पन्न आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा कोटेश्वरकी काजल श्रेष्ठ स्वर्ण पदकसहित उत्कृष्ट खेलाडी भएकी थिइन् । काजल चाँडै नै राष्ट्रिय टोलीमा प्रवेश गर्ने विश्वास राख्ने नवीन उनी नै साफ स्वर्ण पदकसम्म जित्न सक्ने खेलाडी भएको बताउनुहुन्छ ।

काजलले विश्व जुनियर च्याम्पियनसिपमा समेत सहभागिता जनाइसकेकी छिन् । तेक्वान्दो सङ्घको रेफ्री समितिको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका डोजाङ प्रमुख नवीनले प्रशिक्षकका रुपमा भियतनाममा भएको ओलम्पिक छनोटको जिम्मेवारी सम्हालेका थिए । जहाँबाट नेपालका दीपक विष्ट ओलम्पिकमा छनोट भएका थिए । उहाँ नेपाली राष्ट्रिय तेक्वान्दो टोलीको प्रशिक्षकसमेत हुनुहुन्छ । उहाँका भाइ निर्मल र निरञ्जन दुवै साफ स्वर्ण पदकधारी हुन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१