कलाकारहरुको हरेक आचरण तथा व्यक्तिगत पक्ष हाम्रो लागि समाचार र पाठक तथा दर्शकका लागि चासोको विषय हुन्छ । कलाकारको जीवनशैली जान्ने इच्छा प्रायः सबैलाई नै हुन्छ । उनीहरुको व्यक्तिगत जीवन कसरी चलिरहेको छ, पर्दाबाहिर छँदा आफ्नो मन पर्ने कलाकारको स्वभाव तथा आचरण कस्तो छ जस्ता कुराहरु जान्ने कौतुहलता हुन्छ । विशेषतः ठूलो पर्दामा देखिने कलाकारहरु आम रुपमा कस्ता हालान् भन्ने कुरामा सबैको ध्यान जान्छ । बेलाबेलामा कलाकारका यस्ता गोप्य कुराहरु सार्वजनिक हुने गर्दछन् । यसैबिच केही बलिउड हस्तीहरुका केही गोप्य आचरणहरु सार्वजनिक गरिएका छन् । सुन्दा अपत्यारिला लाग्न सक्छन् तर यो सत्य हो । केही बलिउड सेलिब्रेटीका अनौठा र अपत्यारिला सत्यहरु :
एकता कपूर उचाइ, हेलिकप्टर र अँध्यारोसँग डराउँछिन् ।
अक्ष कुमारलाई आँप र घरमा नै बनाएको पन्जावी खाना मन पर्छ ।
बलिउड छिर्नुपूर्व कट्रिना कैफ जागिरका लागि विभिन्न एजेन्सीहरुमा भौतारिइ रहन्थिन् ।
शशी कपूर अवार्डप्रति कहिल्यै लालायित भएनन् ।
श्रेया घोसालले ४ वर्षको उमेरदेखि नै संगीत सिकेकी हुन् ।
आतिफ अस्लाम संगीतभन्दा बढी क्रिकेटप्रेमी हुन् ।
कमल हसन एउटा फिल्म गरेबापत १ करोड लिने पहिलो अभिनेता हुन् ।
प्रतिक्रिया