करणी आरोपमा साढे पाँचवर्ष कैद फैसला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७२, सोमबार ११:५१

इलाम, २१ भाद्र । महिलालाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले आइतबार साढे पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले पशुपतिनगर–९ का फुर्वा काँइला भनिने फुर्वा योल्मुलाई मुलुकी ऐन जबर्जस्ती करणी महलको कसुर पुष्टि गर्दै सोही महलको ३ ९५० बमोजिम पाँच वर्ष छ महिना कैद र सोही महलको १० नं बमोजिम पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराइदिने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।k

पशुपतिनगरकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा गत साउन १९ गते योल्मुलाई प्रहरीले पक्राउ गरी भदौ १ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । रासस

प्रतिक्रिया