बलिउडका दवङ हिरो भनिने सलमान खानकी प्रेमिका थिइन् ऐश्वर्या राय । अहिले अभिषेक बच्चनकी पत्नि रहेकी ऐश्वर्या कुनै बेला सलमानसँग रोमान्स गर्थिन् ।
तर त्यो भन्दा बढी चर्चित उनको अफेयर सलमानबाट टाढिएर अर्का अभिनेता विवेक ओवरोयसँग नजिकिएको कुरा भएको थियो ।
विवेक ओवरोयले शुक्रबार ३९ औं जन्मदिन मनाउँदैछन् । सन् २००२ मा राम गोपाल वर्माको ल्म ‘कंपनी’ बाट करिअर थालेका विवकेलाई पहिलो फिल्ममै ‘फिल्मफेयर बेस्ट मेल डेब्यू’ को अवार्ड प्राप्त भएको थियो ।
केही समय पछि उनले बलिउडका सुपरस्टार सलमान खानकी प्रेमिका रहेकी ऐश्वर्या रायलाई आफ्नो जीवनमा ताने ।
उनको नाम ऐश्वर्यासँग जोडिएर रोमान्समा परिणत भयो । यद्यपी यो सम्बन्ध पनि टिक्न सकेन ।
उनले सन् २०१० मा कर्नाटकका मन्त्री जीवन अल्वाकी छोरी प्रियंका अल्वासँग विवाह गरे । अहिले उनको सन्तान समेत भैसकेको छ ।
सलमान खानले विवेकसँग दुश्मनी नै गर्न खोजेपछि विवेकलाई तनाव समेत भएको थियो । ऐश्वर्यालाई खोसेको भन्दै सलमानले विवेकलाई फिल्म नदिन समेत कतिपटक लविङ गरेका थिए ।
प्रतिक्रिया