साउदी राजालाई स्वागत गर्न अमेरिकाको होटलले राख्यो सुनै सुनका फर्निचर (तस्विर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७२, सोमबार ०६:०३

saudi-king-books-hotel-for-season-in-US-1यतिबेला साउदी अरवका बादशाह बिन अब्दुल अजिज अमेरिका भ्रमणमा छन् । अमेरिकाको वासिङटन डिसी नजिकै रहेको जर्जटाउनमा उनको सवारीको रौनक छ ।

लक्जरी कार, सुनका फर्निचर भएका होटल र पार्किङमा समेत रातो कार्पेट । यस्तै दृष्य देखिएका छन् संसारकै धनी मध्ये एक राजा अमेरिका पुग्दा । साउदी राजाले अमेरिकामा ३ दिन बस्न त्यहाँको सबैभन्दा महंगो होटल पुरै खाली गराएका छन् ।  उनी बस्दा सम्म होटलमा कोही पनि छिर्न पाउने छैन ।

साउदी बादशाहले अमेरिकी राष्ट्रपति बराक ओबामासँग पनि भेटघाट गरिसकेका छन् ।

साउदी राजा सलमानले अमेरिकाको फोर सिजन्स होटलका २२२ कोठा बुक गरेका छन् ।

तीन दिनका लागि २२२ कोठा बुक गरेका उनी बसेको होटलमा उनका लागि हरेक कोठामा सुनको फर्निचरको ब्यवस्था मिलाइएको बताइएको छ ।

यहाँ एक कोठाको मात्र एक रातको २ लाख रुपैयाँ पर्छ ।

उनी बस्दा होटलमा बसेका सबैलाई होटलबाट बाहिर जान भनिएको छ । ७९ वर्षका राजा सलमानको चाहाना अनुसार होटलका सबै कुरा बदलिएको छ ।

उनी बस्दा होटलका फर्निचर सुनका राखिएको छ भने पार्किङ गर्ने ठाउँमा समेत रातो कार्पेट राखिएको छ ।

उनी होटलमा आइपुग्नु अघि होटलको रेड कार्पेट नयाँ ओछ्याइयो, सुनका फ्रेम भएका ऐना, सुन जडित टेबल अनि बत्तिले होटल सजिएपछि साउदी राजा आईपुगे। ‘फोर सिजन’ नामक यो होटलमा रोयल सुटको लागि एक रातको २००० डलर छ। पुरै होटलको कति लाग्छ, स्पष्ट छैन।


खर्च गर्ने मामलामा सलमान निक्कै अगाडी छन्। केही महिना अघि फ्रेन्च रिभिएरामा बिदा मनाउन जादा उनीसँग १००० जान मानिस थिए। १००० जनाको मोजमज्जाको लागि उक्त समुन्द्रि किनारा अन्यको लागि बन्द जस्तै गरिएको थियो।

यही जनवरीमा दाइ अबदुल्लाहको मृत्यु पछि जनवरीबाट सलमानले सत्ता सम्हालेका थिए। उनले अमेरिकाका राष्ट्रपतिंसग भेटेर इरान परामाणु सम्झौतामा छलफल गरिसके।

अमेरिकाको लागि साउदी अरब सबैभन्दा ठुलो तेल निर्यात गर्ने देश हो । सुरक्षा, व्यावसाय अनि अर्थ सम्बन्धि बिभिन्न मुद्धामा अमेरिका र साउदी एक अर्कामा भर पनि पर्ने गरेका छन् । यो भेटको बखत बाराक ओबामा र सलमानको बिच विश्वको इन्धनको बजारको बारेमा पनि छलफल हुने हाउट हाउसले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१