डा. केसीले १४ दिनपछि अनसन तोडे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० भाद्र २०७२, आईतवार १५:५६

काठमाडौँ । चिकित्साशिक्षा र सेवामा सुधारको माग गर्दै छैटौंपटक अनशन बसेका  प्राध्यापक डा. गोविन्द केसीले १४ दिन लामो आमरण अनशन तोडेका छन् ।gआइतबार दिउसो तीन बजे टिचिङ अस्पतालमा भर्ना भएका दुई बिरामीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् । शनिबार राति सरकारले आफ्ना माग पुरा गर्ने जनाउँदै ११ बुँदे सहमतिमा  हस्ताक्षर गरेपछि केसीले १४ दिन लामो अनशनलार्इ पूर्णविराम लगाएका हुन् । चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. केसीले भदौ ७ गतेदेखि आमरण अनसन सुरु गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१