काठमाडौं । बारा र रामेछापका १४ जनामा एच–१एन–१ एन्फ्लुएन्जा (स्वाइनफ्लु)को संक्रमण देखिएको छ । बाराको नरही गाविसअन्तर्गत इटहर गाउँमा १२ जनामा स्वाइनफ्लुको संक्रमण भेटिएको छ ।१५ दिनअघि सो गाउँका बालबालिका र वृद्धवृद्धालाई आएको ज्वरो उपचार गराउँदासमेत निको भएको थिएन । त्यसपछि १७ जनाको रोग नियन्त्रण महाशाखाको टोलीले विस्तृत स्वास्थ्य परीक्षण गर्दा १२ जनामा स्वाइनफ्लु लागेको थाहा भएको बाराका जनस्वास्थ्य प्रमुख डा। शंकर गुप्ताले बताए ।
स्वाइनफ्लु भएको पुष्टि भएपछि जनस्वास्थ्य कार्यालयले रोग नियन्त्रणका लागि आइतबार औषधिसहितको स्वाथ्यकर्मी परिचालन गर्ने भएको छ ।
यस्तै रामेछापमा पनि दुईजनामा एच–१एन–१ एन्फ्लुएन्जा ९स्वाइनफ्लु०को संक्रमण देखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया