दमौली । शिक्षिकामाथि बोक्सीको आरोप लगाएर दुर्व्यवहार गर्ने विष्णुमाया थापासहितलाई एक लाख २० हजार जरिबाना तिर्न लगाइएको छ ।कोटदरबार ४ अर्खलछापमा रहेको अमर निमाविका कक्षा सातमा अध्ययनरत विष्णुमाया थापासहित केही विद्यार्थी विरामी भएर बर्बराउने, काम्ने समस्या देखिएपछि धामी लगाएर उनीहरुको उपचार गरिएको थियो । त्यस क्रममा शिक्षिका उर्मिला थापा र बालकुमारी थापालाई बोक्सीको आरोप लगाइएको थियो ।
विद्यार्थीको झारफुकका लागि विद्यालयमै गएकी धामी रत्नमाया थापाले शिक्षिकातर्फ बोक्सीको संकेत गरेपछि बोक्सीको आरोप लगाइएको थियो ।‘बक्ने क्रममा’ विद्यार्थी विष्णुमाया र धामी रत्नमायाले दुई शिक्षिकाको नाम लिएका थिए ।आफ्नै शिक्षिकालाई बोक्सी आरोप लगाएपछि विद्यालयमै विवाद भएको थियो । समाजबसी घटना गम्भीर भएको र यसले समाजमा थप समस्या निम्त्याउने निष्कर्ष निकाल्दै आरोप लगाउनेमाथि जरिवानाको फैसला गरेको हो ।
धामी बक्ने रत्नमाया थापालाई जरिवानाको आधा रकम तिराइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया