फ्रि टिकट, फ्रि भिषा ! नर्सका लागि प्रति महिनाको कमाइ नेपाली ८४ हजारसम्म ।
एकदिन पत्रिका हेर्दै गर्दा यही बिज्ञापनमा आँखा गयो । नर्सका लागि दुबईमा रहेको अवसर थियो यो । राम्रै अवसर र राम्रै कमाइ रहेछ भन्ने लाग्यो । त्यहाँ उल्लेखित क्राइट एरिया मिट गर्न पनि सक्ने भएकाले विज्ञापन गर्ने म्यानपावर एनसिएफ इम्प्लोइमेन्टको अफिसमा पुगेँ । माग रोचेस्टर वेलनेस दुबईका लागि रहेछ । मैले अप्लाइ गरेँ ।
पहिलो अन्तर्वार्ता भारतीय नागरिकले लियो । मैले कामबारे सोध्दा उसले अस्पतालको आइसियु र अपरेटिभ वार्डमा काम गर्नुपर्छ भनेको थियो । दोस्रो अन्तर्वार्ता स्काइपमा दुबईबाट रोचेस्टर वेलनेसकी हेड नर्स बताउनेले लिएकी थिइन् । कामको समयअवधि सुविधा बारे सोध्दा उनले ८ घण्टा काम र ओभरटाइम गर्नुपर्दा भत्ता पाउने बताइन् ।
तेस्रो अन्तर्वार्ता काठमाडौं आएर करिम भन्ने अरबियनले लिएका थिए । छनोटका लागि त्यो अन्तिम चरणको अन्तवार्ता थियो । मैले नेपाली दिदिबहिनी खाडी मुलुकमा विभिन्न समस्या भोगिरहेको सुनेकी थिएँ । नर्समाथि त्यस्तो नहोला भन्ने मनमा त थियो तर नसोधी रहन सकिनँ । ‘दुबईमा महिलामाथि विभिन्न प्रकारका दुव्र्यवहार हुन्छन् भन्ने सुनेकी छु । हामीमाथि त्यस्तो त हुँदैन नि,’ मैले सोधेँ । उनको उत्तर थियो, ‘कुनै दुव्र्यवहार हुँदैन, भयो भने दुबईमा नेपाली नर्सले नै मावनसंसाधन हेर्ने भएकाले उनीहरुलाई भने भैहाल्छ ।’
हामीभन्दा अघि ८ जना नेपाली नर्स दुबइ गइसकेका रहेछन् । दोस्रो लटमा हामी ६ जना थियौं । निःशुल्क भिषा भनेपनि हामीसँग मेनपावर कम्पनीले १ लाख २५ हजार लिएको थियो । हामीलाई ४० हजार मात्र तिरेको भन्न लगायो । हामीले ४० हजार मात्र दिएको भन्न लगाएर भिडियो पनि सुट गरेको थियो । सुरुको अन्तर्वार्तामा ५० हजार लियो र भिषा आएपछि ७५ हजार लियो । रोचेस्टर वेलनेस र मेनपावर कम्पनी मिलेर पैसा खाँदा रहेछन् । कमाइ राम्रै हुने आशाले यस्ता कुरामा धेरै सोधखोज गरेनौं ।
त्यहाँ पुगेपछि रोचेस्टर वेलनेस रिह्यावमा दुई दिन प्रशिक्षण भयो र एक हप्ता त्यहीँ काम गर्न भन्यो । दुबईका अस्पतालमा काम गर्ने सपना त्यतिखेर तुहियो जब त्यहाँ काम गर्न दुबई हेल्थ अथोरिटी र स्वास्थ्य मन्त्रालयबाट लाइसेन्स लिनुपर्ने रहेछ । जुन हामीलाई पहिले भनिएकै थिएन । लाइसेन्स नभएकाहरुले अस्पतालमा काम गर्न नपाइने रहेछ ।
मलाई रोचेस्टर वेलनेसले एक हप्तापछि केयर टेकरको काम गर्न बिरामीको घरमा पठायो । दुबईमा आइसियुसम्मका बिरामीलाई पनि घरमै राख्दा रहेछन् । हामीलाई यहाँबाट जाने बेला यस्तो कामको बारेमा केही बताइएको थिएन । रोचेस्टर वेलनेसमा १५ जना नेपाली नर्स थियौं । त्यहाँ म गएको १५ दिन पनि भएको थिएन तर एक वर्ष भयो आएको भन्न लगाए ।
उनीहरुले हामीलाई नर्स होइन, नोकर ठान्दा रहेछन् । उनीहरुले बिरामी हेर्नुका साथै खाना पकाउने, लुगा धुने र घर सफा गर्ने जस्ता काम पनि लगाउने रहेछन् । जुन काम नर्सको होइन । घरमा रहेको बिरामी हेरेपनि अस्पतालमा हेरेपनि जानेको काम गर्ने नै हो भनेर काम थालियो । जब बिरामीको घरमा गइयो । बल्ल थाहा पाइयो ।
उनीहरुले हामीलाई नर्स होइन, नोकर ठान्दा रहेछन् । उनीहरुले बिरामी हेर्नुका साथै खाना पकाउने, लुगा धुने र घर सफा गर्ने जस्ता काम पनि लगाउने रहेछन् । जुन काम नर्सको होइन । त्यसैले यसको बिरोध गरिने नै भइयो । पराइको देशमा एउटी चेलीको विरोध कसले सुन्छ ? बरु सेवा गर्न पुगेको नर्सलाई उनीहरुले किनेको ठान्दा रहेछन् । उनीहरुले भनेको काम गर्दिनँ भन्यो भने पिट्ने, मुखमा थुकिदिनेसम्म गर्छन् ।
कम्पनीले भनेको ८ घन्टा होइन, काम त २४सै घन्टा रहेछ । खाना पनि पेट भरी खान दिइन्न । २० औं दिनसम्म घर बाहिर निस्किन दिइन्न । भित्रको भित्रै रहेर काम गर्नुपर्छ । यस्तो काम पहिल्यै भनिएको भए गइन्नथ्यो होला । त्यही भएर मैले काम दिलाउने संस्था रोचेस्टर वेलनेसमा कम्प्लेन गरें । तर, उनीहरु मेरो कुरा सुन्न तयार नै भएनन् । उनीहरुले त लालचको जाल फ्याँकेर हामीलाई आफ्नो कब्जामा लिएका रहेछन् । उनीहरुलाई यस्तो हुन्छ भन्ने त पहिल्यै थाहा थियो ।
नपर्नु जालमा फसिसकियो र नपाउनु दुःख पाइसकियो केही समय सहेरै काम गरौं भन्दा पनि नसकिने भयो । किनभने मेडिकल उपकरण बिग्रिएपनि त्यसको दोष हामीलाई नै लगाइन्थ्यो । अरु मानसिक तनाव झेल्नुपथ्र्याे । २४ सै घण्टा बिरामीको सेवामा रहेपनि पैसा भने ८ घण्टाको मात्र दिन्थे ।
कति घरमा त यौन दुव्र्यवहार पनि हुन्थ्यो । बिरामीको टेककेयर गर्न गएको घरका पुरुषले मौका मिल्यो कि संवेदनशील अंग छुन खोजिहाल्थे । जब मैले यी कुराको अफिसमा कम्प्लेन गरँे । मलाई त कामबाट हटाउने भएछन् । मैले अस्पतालमा काम गर्न आएकाले घरमा यस्ता नानाथरी झेलेर काम गर्न सकिदैन पनि भनिसकेकी थिएँ ।
कति घरमा त यौन दुव्र्यवहार पनि हुन्थ्यो । बिरामीको टेककेयर गर्न गएको घरका पुरुषले मौका मिल्यो कि संवेदनशील अंग छुन खोजिहाल्थे । जब मैले यी कुराको अफिसमा कम्प्लेन गरँे । मलाई त कामबाट हटाउने भएछन् । मैले अस्पतालमा काम गर्न आएकाले घरमा यस्ता नानाथरी झेलेर काम गर्न सकिदैन पनि भनिसकेकी थिएँ ।
नेपाली नर्सलाई यसरी फसाउनमा विदेशीको मात्रै हात हुँदैन । नेपालीहरु नै नेपालीलाई फसाउछन् र ठग्छन् । जुन नेपाली नर्स ती कम्पनीका लागि एचआरका रुपमा काम गरिरहेका हुन्छन् । तीनीहरु पैसामा बिकेर हाम्रा कुरा होइन, कम्पनीको कुरा सुन्छन् ।
नेपालमा नर्सहरु बेरोजगार छन् । रोजगारमा रहेकालाई पनि राम्रो सुविधा छैन । त्यसैले अहिले नर्सहरुलाई दुबईमा राम्रो अवसर छ भनेर फसाउन थालिएको छ । मलाई त ‘घरेलु कामदार र नर्स’ दुईटैको काम एउटै गर्ने गरी कम्पनीले आफ्ना सेवाग्राहीसँग ‘डिल’ गर्छन् जस्तो लाग्छ ।
नेपालमा नर्सहरु बेरोजगार छन् । रोजगारमा रहेकालाई पनि राम्रो सुविधा छैन । त्यसैले अहिले नर्सहरुलाई दुबईमा राम्रो अवसर छ भनेर फसाउन थालिएको छ । मलाई त ‘घरेलु कामदार र नर्स’ दुईटैको काम एउटै गर्ने गरी कम्पनीले आफ्ना सेवाग्राहीसँग ‘डिल’ गर्छन् जस्तो लाग्छ ।
म्यानपावरले ग्राण्डी अस्पतालका नर्सलाई प्राथमिकता दिने रहेछन् । सोही अस्पतालमा काम गर्ने नर्सलाई ल्याएर अन्तर्वार्ता लिन लगाउँछन् । नेपाली नर्सले नै कन्भिन्स्ड गरेर राम्रो हुन्छ भनेपछि विश्वास नगर्ने कुरै भएन ।
म दुई महिना दुबई बसेँ । डेढ महिना त रोएरै बिताएँ । धेरै तनाव भएपछि नेपाल फर्किएँ । म यसकारण मेरा अनुभव सुनाइरहेकी छु कि मेनपावर र तिनीहरुको एजेण्टका चिल्ला कुरामा अल्झिएर कुनै नर्सले दुःख नपाउन् । राम्रो कमाउने आशामा त्यहाँ पुग्दा झण्डै सर्वस्व गुमाइएन । आफूलाई चित्त नबुझेका कुरा बोल्न सक्ने, धेरै कुरा बुझ्न सक्ने ठान्ने म त यसरी फसेँ भने सोझा नेपाली दिदिबहिनीहरुको हालत के होला ?
‘आफूले पाएका दुःख अरुसँग भनिस् भने जेल हाल्दिन्छु’ भन्नेसम्मका धम्कि आएका छन् । अहिले जति नेपाली नर्स दुबईमा छन्, उनीहरुको अवस्थामा मैले भोगेको भन्दा फरक नहोला जस्तो लाग्छ ।
(दुबईबाट फर्किएकी यी नर्सको आग्रहमा नाम गोप्य राखिएको, स्रोत:स्वास्थ्य खबरपत्रिका)
प्रतिक्रिया