खाली पेटमा लसुन खाँदा हुन्छ यी चमत्कारी फाइदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ भाद्र २०७२, शनिबार ०७:१०
लसुन हरेक प्रकारको भोजनमा प्रयोग गर्न सकिन्छ । तपाईं सोच्न पनि सक्नु हुन्न कि एउटा लसुनले शरिर भित्र पैदा हुने अनेकौँ रोगहरुलाई नाश गर्ने गर्दछ । यो धेरै प्रकारको रोकथाम तथा उपचारमा प्रभावकारी हुन्छ ।
जब तपाईं केहि खानुभन्दा पहिले लसुन खानुहुन्छ भने यसले तपाईंको ताकत बढाउने गर्दछ । यसकारण यो एक महत्वपूर्ण प्राकृतिक एन्टीबायोटिक हाे ।
बिहान खाली पेटमा लसुन खानु किन प्रभावकारी मानिन्छ ? यसले ब्याक्टेरिया ओभरएक्सपोज्ड हुने गर्दछ र लसुनको शक्तिले यस्ता ब्याक्टेरियाहरु आफ्नो रक्षा गर्न सक्दैनन् । यसबाट हुने स्वास्थ्य लाभको सूची कहिले पनि खत्तम हुँदैन ।
१. उच्च रक्तचापबाट बचाउँछः
लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्ने थुप्रै मानिसहरुको विश्वास छ । यसले मानिसहरुको रक्त संचारलाई नियमित त राख्छ नै यसले हृदयसम्बन्धी समस्याहरुबाट पनि टाढा राख्दछ । यसका साथै यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्दछ ।
२. झाडा–पखाला कम गर्दछः
पेटसँग सम्बन्धित समस्याहरु जस्तै झाडापखाला आदिको उपचारमा पनि लसुन प्रभावकारी मानिन्छ ।
३. भोक बढाउँछः
यसले पाचन प्रक्रियालाई उत्तेजित गर्ने गर्दछ जसका कारण यसले भोकलाई बढाउने गर्दछ । लसुनले तपार्इंको तनावलाई पनि कम गर्ने गर्दछ । जतिबेला तपाईंलाई डर लाग्छ तब पेटमा एसिड बन्ने गर्दछ । लसुनले यस्तो प्रकारको एसिडलाई बन्न बाट रोक्दछ ।
४. वैकल्पिक उपचारः
जब डिटक्सिीफिकेसनको कुरा आउँछ तब वैकल्पिक उपचारको रुपमा लसुन निकै प्रभावशाली मानिन्छ । लसुन यति धेरै शक्तिशाली हुन्छ कि यो शरिरमा परजीवी र किराहरुबाट बचाउँछ । विभिन्न रोगहरु जस्तै डाइबिटिज, डिप्रेसन तथा केहि प्रकारको क्यान्सको रोकथामा पनि सहायक हुने गर्दछ ।
५. सावधानीः
यदि तपाईंलाई लसुनको कुौ पनि प्रकारको एलर्जी छ भने  यी दुई कुरामा ध्यान दिनुहोस्ः
कहिले पनि यसलाई काँचो नखानुहोस् ।
पकाएर खाँदा पनि तपाईंलाई छालासँग सम्बन्धित केहि समस्या देखा पर्छ, ज्वरो आउँछ, टाउको दुख्छ भने यसको सेवन गर्न बन्द गर्नुहोस् ।
६. श्वास–प्रणालीलाई बलियो बनाउँछः
लसुन श्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले ट्युबरक्लोसिस, आस्थमा, निमोनिया, ब्रोन्काइटिस, फोक्सोमा जमेको कफ आदि रोकथाम तथा उपचारमा निकै प्रभावशाली हुन्छ ।
७. ट्युबरक्लोसिसमा लाभकारीः
ट्युबरक्लोसिसमा लसुनमा आधारित यो उपचारलाई अपनाउनुहोस् । एक दिनमा लसुनको पोटी पूरै खानुहोस् । यदि तपाईं काँचो लसुनको सेवन गर्नसक्नुहुन्न भने त्यसलाई पोलेर अथवा भुटेर खानुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१