चीनले यसरी देखायो सैन्य शक्ति : अमेरिका, जापान र भारतलाई टाउको दुखाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७२, शुक्रबार १४:५९

बेइजिङ । चीनले बिहीबार विजय दिवस मनाउँदै सैन्य प्रदर्शन गरेकाे छ । दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको अवसरमा हरेक वर्ष चीनले सेप्टेम्बर ३ मा यो दिवस मनाउने गर्छ ।7

बिहीबार बिहानबाट चीनका हजारौँ सैनिकले सो विजय दिवसको अवसरमा विशेष परेड प्रदर्शन गरेका छन् । त्यस्तै चिनियाँ जनमुक्ति सेनाले यस अवसरमा विभिन्न कला कौशलहरू प्रदर्शन पनि गरिरहेका प्राप्त समाचारमा जनाइएको छ । 1-970त्यसैगरी चिनियाँ राजधानी सहरबाट प्राप्त पछिल्लो समाचारमा बिहीबार चिनियाँ राष्ट्रपति सि जिनपिङले बिहीबार बिहान उक्त कार्यक्रमको उद्घाटन गरेपछि उक्त कार्यक्रमको सुरुवात गरिएको थियो । त्यसपछि सुरु भएको सैनिक परेड बिहीबार दिनभरि जारी रहेको छ । उक्त प्रदर्शनीको नजर गर्न विश्वका कयौँ देशका सरकार तथा राष्ट्रप्रमुखहरू पनि पुगेका छन् ।2-970

चीनमा बिहीबार सुरु भएको सो विशेष परेड हेर्न विश्वका ३० देशका नेताको सहभागिता रहेको जानकारी चीनले दिएको छ । त्यसमध्ये इजिप्टका राष्ट्रपति अब्देल फताह शिशी पनि एक रहेका छन् । 8-970चीनले जापानमाथि विजय हासिल गरेको यो ७० औँ वर्ष हो । त्यसैले चीनले यस वर्ष ७० औँ विजय दिवसका रूपमा मनाएको हो । सैनिक परेडको सुरुमा दोस्रो विश्वयुद्धमा लडेका करिब ९० वर्षको हाराहारीका केही चिनियाँ सैनिकले सो चीनको झण्डा समातेर घोडचढीमा प्रदर्शन गरेका थिए ।10-970

दोस्रो विश्वयुद्ध झल्किने किसिमले प्रदर्शन गरिएको दृश्यले सबैको ध्यान तानेको प्राप्त समाचारमा जनाइएको छ । तियानमेन स्क्वायरमा दोस्रो विश्वयुद्ध लडेका करिब एक सय जना सैनिकलाई अघि लगाएर विभिन्न आभूषणका साथ प्रदर्शन गरेका थिए । 3यस कार्यक्रममा निकै जोडका साथ ताली बजेको थियो । उक्त प्रदर्शनीमा उपस्थित हजारौँ व्यक्तिले उक्त दृश्यको स्वागत गरेका थिए ।4-970

चिनले यसरी देखाएको सैन्य शक्ति प्रदर्शनमा रुसका राष्ट्रपतिको सकृय सहभागीताले समेत अमेरिका, जापान र भारतलाई टाउको दुखाईको विषय भएको छ ।9-970

 

5-970

साभार – khabardabali.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१