माट्टा सम्मेलन शुरु, पर्यटकहरुको रोजाइमा नेपाल !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७२, शुक्रबार १०:४७

IMG_4708दिवस पोख्रेल र सुशिल दाहाल (मलेसिया) मलेसिया । एसियाको महत्वपूर्ण मेला मध्येको एक ‘माट्टा मेला’ आजबाट तीन दिनका लागि शुरु भएको छ । मलेसियाको राजधानी कुलालम्पुरमा आयोजना भएको मेलामा नेपाल, थाइल्याण्ड, इटाली, मेक्सिको, चीन, इण्डोनेसिया, फिलिपिन्स, मलेसिया, म्यान्मार, श्रीलंका, इटाली, सिगापुर लगायतका राष्ट्रबाट पर्यटन व्यवसायीहरुले उपस्थिति जनाएका छन् ।

IMG_4717
नेपालका तर्फबाट नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, अंकुर ट्राभल, वेल नेपाल, हिमालयन पानोरमा, एक्सिस् होलिडे, पार्क ल्याण्ड होटल(चितवन), वेस्ट उड होटल(चितवन), नेपाल इन्भाइरोमेण्ट टे«क, आइ टुर, विसिएन ट्राभल, शशी होलिडेज्, माउण्टेन लिडर, ल्फाइट कनेक्सन, ग्रिन पार्क(चितवन), यूनिक वाइडलाइफ (चितवन), माइट्रीप टु नेपालले सहभागिता जनाउँदै छन् ।
कार्यक्रममा नेपाल अमेरिका पर्यटन पत्रकार संघका तर्फबाट नेपाल सुरक्षित गन्तव्य भएको सम्बन्धमा मलेसियामा रहेका पत्रकारहरुलाई जानकारी गराइएको छ ।

आ–आफ्ना देशबाट आएका पर्यटन व्यवसायीहरुले विशेष प्याकेज विक्रि गरिरहेका छन् । भ्रमणका लागि प्याकेज खरीद गर्न उपयुक्त स्थानका रुपमा विकास गरिएको हुनाले व्यापार वृद्धि हुने आशा गर्न सकिन्छ । विदेशी पर्यटकहरुका लागि नेपाल उपयुक्त गन्तव्य हुन सक्छ या सक्दैन भन्ने विषयमा भने केही दिन कुर्नैपर्ने हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१