एसीसी यु– १९ : नेपालद्वारा साउदी अरेबिया ९ विकेटले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७२, शुक्रबार ०९:४८

Nepal-

काठमाडौँ  ।

एसीसी यु– १९ प्रिमियर लिग क्रिकेट अन्तर्गत भएको खेलमा आज नेपालले साउदी अरेबियालाई ९ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले नेपाललाई जितका लागि ५६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले एक विकेटको क्षतिमा ९ ओभरमै जित हासिल गरेको हो ।

नेपालका लागि सुनिल धमलाले ३४ र राजु रिजालले १४ रन बनाए । शंकर राना ४ रन बनाएर बाहिरिएका थिए । यसअघि नेपालले कसिलो बलिङ गर्दै साउदी अरेबियालाई ५५ रन मै समेटेको थियो । नेपाल सामू साउदी अरेबिया ३३ ओभर दुई बलमै अल आउट भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१