पत्नी बलात्कार गर्ने ८ वर्षपछि जेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७२, शुक्रबार ०९:२५

भक्तपुर ।  पत्नी बलात्कार गरेको अभियोग लागेका व्यक्तिलाई भक्तपुर जिल्ला अदालतले ८ वर्षपछि जेल चलान गरेको छ ।

बलात्कार अभियोग मुद्दामा ०६४ माघ १३ गते अदालतले दोषी ठहर गरे पनि फरार रहेका भक्तपुर नगरपालिका–४ का श्रीराम बेकोजूलाई पक्राउ गरी २ महिना १० दिनका लागि जेल चलान गरिएको अदालतका तहसिलदार दीपेन्द्रनाथ योगीले बताए । मुद्दा दायर गर्ने पत्नीको भने मृत्यु भइसकेको अदालतले जनाएको छ । जाहेरी गर्ने पत्नीको मृत्यु भइसके पनि अदालतको फैसला कार्यान्वयनका लागि उनलाई जेल चलान गरिएको योगीले बताए, आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१