भूकम्पमा निधन भएकाको शव जलाएर गरियो विद्युतीय शवदाह गृहको परीक्षण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७२, शुक्रबार ०८:४२

g]kfndf klxnf] ljB'tLo zjbfx u[xsf] ;~rfng c;f]h ! b]lvx'g] 	 g]kfn ;/sf/sf] cg'bfg ;xof]udf kz'klt If]q ljsf; sf]ifn] lgdf{0f u/]sf] g]kfns} klxnf] ljB'tLo zjbfx u[x c;f]h ! b]lv ;~rfngdf cfpg] ePsf] 5 . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ, १८ भाद्र  । पशुपति क्षेत्र विकास कोषले निर्माण गरेको नेपालकै पहिलो विद्युतीय शवदाह गृहको परीक्षण भएको छ । यही असोज १ देखि सञ्चालनमा ल्याइने सो शवदाह गृहमा आज ‘गोर्खा भूकम्प’ का क्रममा निधन भएका एक बेवारिस शव जलाइएकोे थियो ।

भक्तपुरका निवासी ती मृतकको शव गत वैशाखदेखि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । कोषका सदस्यसचिव डा गोविन्द टण्डनले सामान्यतः ४५ मिनेटमा अन्येष्टि हुने भएपनि पहिलो परीक्षण भएकाले करिब एक घन्टा समय लागेको बताए ।

शुक्रबार पनि शवदाह गृहमा परीक्षण हुनेछ । पशुपति गौशालास्थित पिङ्गलस्थान पुलनजिक बाग्मती नदी किनारमा शवदाह गृह निर्माण कार्य २०६८ मङ्सिरमा सुरु भएको थियो । शवदाह गृह निर्माण गर्न रु ११ करोड खर्च भएको जनाइएको छ । विद्युतीय शवदाह गृहमा दुईवटा शवदाह यन्त्र जडान गरिएको छ ।

प्रतिक्रिया