हलिउडमा विश्वमै सबैभन्दा बढी पारिश्रमिक लिने नायिकाहरु छन्। यी चर्चित नयिकाको चर्चाको बेला सबैको दिमागमा फेसन, स्टाइल, ग्ल्यामरका कुरा फुर्छ। यी नायिकाहरुको रुप, सुन्दरता अनि लुगा ले विश्वकै फेसनमा प्रभाव पार्छ। बलिउडमै पनि धेरै नायिका हलिउडकै नायिकाहरुको फेसन र स्टाइलको आधारमा आफ्नो शारिरिक रुप, अनि फेसन फेर्ने गर्दछन्।
धेरैजसो कलाकारको चर्चा पछाडि केहि अनौठा पक्ष पनि लुकेको हुन्छ। हलिउडमा कोही यस्ता नायिका पनि छन् जसलाई चोर्ने बानी थियो र कसैलाई अहिलेसम्म पनि छ। यी नायिकाहरु धेरै पटक सामान चोर्ने क्रममा पक्राउ परेका छन्। धेरैजसो लुगा, मेकअपका सामान, चुइगम, गरगहाना जस्ता सामान पाईने स्टोरमा यी नायिकाहरु समातिने गरेका पनि छन। यसरी सामान चोर्नै पर्नेगरि पैसाको कुनै कमी छैन यी नायिकासंग, केवल चोर्ने मनसाय पनि हैन, सायद फरक इच्छा हुँदो हो, हलिउडको वातावरण बलिउड र कलिउडसँग मेल खादैन।
सामान चोर्ने बानी भएका हलिउड गायिका/नायिकाः
१. ब्रिट्नी स्पियर्स(Britney Spears)
![britney spears](http://nepaliheadlines.com/wp-content/uploads/2015/09/britney-spears.jpg)
हलिउडसँग परिचित यस्तो कोहि पनि छैन जसले ब्रिट्नी स्पियर्सको नाम सुनेको छैन। पप गायक र नर्तकी ब्रिट्नी स्पियर्सको सुन्दरताको प्रशंसा नगर्ने सायदै कम होलान्। यिनै गातिका चोरी को क्रममा धेरै पटक पक्राउ परेकी छिन्। २००७ मा मानसिक तनावको कारण उनले पुरै मुण्डन गरेकी थिईन्। त्यहि भएर केहि दिन पछि उनले एक स्टोरबाट नक्कली कपाल चोरेकी थिईन। यस्तै चुरोट सल्काउने लाईटर र लुगा चोरेको आरोपमा पनि उनि पक्राउ परकी थिइन।
२. मेगन फक्स(Megan Fox)
![megan fox face](http://nepaliheadlines.com/wp-content/uploads/2015/09/megan-fox-face.jpg)
हलिउडका सबैभन्दा सेक्सी नायिकाहरु मध्ये एक मेगन फक्सम, उनको सानै देखि चोरी गर्ने बानी अझै बाँकी छ। सानोमा स-साना स्टोरहरुबाट चुइगम र चकलेट चोरेको उनका साथी बताएने गर्छन्। एक पटक वाल-मार्ट स्टोरमा उनले एक लिपग्लस चोरी गरेकी थिईन् जसको कारण उनलाई वाल-मार्टमा प्रवेश रोकनै लगाइएको थियो।
३. लिन्ड्से लोहान(Lindsay Lohan)
![Lindsay Lohan smile](http://nepaliheadlines.com/wp-content/uploads/2015/09/Lindsay-Lohan-smile.jpg)
अमेरिकी नायिका र पप गायिका लिन्ड्से लोहान पनि चोरीमा निकै सिपालु छिन्। उनी माथि बिभिन्न किसिमको चोरीको आरोप लागिसकेको छ। एकपटक जेवेलरी स्टोरबाट थाहै नहुने गरि नेकलेस चोरी गरेकी लिन्ड्से सिसिटिभिक्यामेराको भीडियोमार्फत पक्राउ परेकी थिइन। अभिनयको क्रममा पनि फिल्मको सेटबाट बाला, लुगा, कानको टप र अरु थुप्रै सामान चोरेको उनीमाथि आरोप लाग्ने गरेको छ।
४. टिला टेकिला(Tila Tequila)
![tila tequila](http://nepaliheadlines.com/wp-content/uploads/2015/09/tila-tequila.jpg)
टेलिभिजनका चर्चित स्टार टिला टेकिला सन् २०१० मा एक स्टोरबाट चुइगम चोर्ने क्रममा सो स्टोरकै कामदार द्वारा पक्राउ परेकी थिईन्। कामदारले समाएपछि उनलाई पैसा तिर्न लगाएको थियो र नतिरेको खण्डमा पुलिस केस नै गर्ने चेतावनी दिएको थियो। सिसिटिभिले खिचेको सो घटनाको भीडियो उनी आफैँले समाजिक संजालमा समेत शेयर गरेकी थिईन्।
५. केशा(Kesha)
![Kesha black](http://nepaliheadlines.com/wp-content/uploads/2015/09/Kesha-black.jpg)
केहि वर्ष अघि संगितको बाटो रोजेर हलिउडमा आएकी गायिका केशाले पनि धेरै पटक चोरी गरेकी छिन्। आरोप लगाउनेहरुको भनाई मान्ने हो भने, उनी स्टोरमा ठुलो ब्याग लिएर जान्छन् र खाने कुराहरु सुटुक्क ब्यागमा हाल्छिन्। यतिमात्र हैन, एक पटक राष्ट्रिय संग्रहालयमा अवलोकनको क्रममा उनले एउटा सानो डाइनोसरको मुर्ति पनि चोरेकी थिईन्।source taja khabar
प्रतिक्रिया