काठमाडौँबाट मात्रै दैनिक छ जना बेपत्ता, कहाँ पुर्याइन्छ ति महिला र बालबालीकालाई ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ भाद्र २०७२, बिहीबार १३:४२

baby workकाठमाडौं , १७ भाद्र ।  दक्षिणकाली जान भनेर अघिल्लो मंगलबार घरबाट निस्केकी ४८ वर्षीया पूर्णदेवी शाही अझै घर फर्केकी छैनन् । खोजीका लागि प्रहरीलाई उजुरी दिए । तर प्रहरीले पूर्णदेवीलाई भेट्न सकेको छैन ।

श्रीमान धनबहादुर श्रीमती सकुशल फर्किने आशामा अझै बाटो हेरिरहेका छन् । छोराछोरी आमाको प्रतीक्षा गरिरहेका छन् । तर आठ दिनदेखि पूर्णदेवीको पत्तो छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पूर्णदेवी मात्रै होइनन्, राजधानीबाट दैनिक ६ जना यसैगरी बेपत्ता हुने गरेका छन् प्रहरीकै तथ्यांकले यसो भन्छ । बेपत्तामध्ये धेरैजसो कहाँ छन् भन्ने पत्तो नै लाग्दैन । देशको राजधानीसमेत रहेको काठमाण्डु उपत्यकामा नागरिक सुरक्षा बढी होला भन्ने जोकोहीलाई लाग्न सक्छ ।

तर यथार्थ त्यस्तो छैन । सरकारका सबै एजेन्सीका मुख्य कार्यालय, प्रमुख प्रशासनिक निकाय मात्रै हैन सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको काठमाण्डु उपत्यकामा दिनहँु मानिसहरु बेपत्ता भइरहेका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा महिला र बालबालिका छन् ।

साभार – etajakhabar

प्रतिक्रिया