हात्ती आतंकले स्थानीय त्रसित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ भाद्र २०७२, बिहीबार १०:५८

काशी पोख्रेल

बाँके १७ भाद्र । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गाभर भ्यालीमा हात्तीको आतंकले स्थानीयबासी त्रसित भएका छन् । बाह्रै महिनाजसो रारा मधु र बृन्दा बनमा बसोबास गर्ने एक्लो हात्ती बस्ती पस्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।    Elaphant (1)
बस्तीभन्दा करिव १ किलोमिटर टाढा बन क्षेत्रमा देखापर्ने हात्तीले मंगलवार राती गाभर भ्यालीमा रहेको २ वटा घरमा क्षति पु¥याएपछि स्थानीयबासीहरु हात्तीले सताउने त्रासमा छन् । लालासिंह बस्नेतको घरमा क्षति पु¥याएको छ भने भकारीमा रहेको ५ क्वीन्टल चामल नोक्सान गरिदिएको छ । Elaphant (2)
सोही राती बमबहादुर थापा मगरको घर, जिवानन्द वली र रामबहादुर खड्काको ४÷४ कठ्ठा बारीमा लगाएको मकै नष्ट गरेको रारा मधु मध्यवर्ती सामुदायिक बन उपभोक्ताका अध्यक्ष गंगादत्त जैशीले बताए । हात्तीले बाँके राष्ट्रिय निकुञ्जको सुतहिया पोष्ठमा समेत आंक्षिक क्षति पु¥याएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । Elaphant (3)
मध्यवर्ती वन र बस्तीको बिचमा कुनै किसिमको छेकवार नहुँदा हात्ती लगाएत अन्य बन्य जन्तुको विगविगीले मानव र बन्यजन्तुको बिचमा द्वन्द्व हुने गरेको स्थानीय बताउँछन् । हात्ती लगायतका बन्यजन्तुबाट नोक्सान खेपिरहेका गाभर भ्यालीका स्थानीयबासीले बन्यजन्तुको रोकथामका लागि बैकल्पिक उपाय खोज्न बाँके राष्ट्रिय निकुञ्जसँग आग्रह गरेका छन् । Elaphant (4)
हात्तीलाई बस्ती बस्नबाट रोक्नका लागि बस्ती र मध्यवर्ती बनको बिचमा विद्युतिय तारवार गर्न आवश्यक रहेको देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर चौधरीले बताए । हात्रीले दुई बर्षअघिे चिसापनी क्षेत्रमा एक जना महिलाको ज्यान लिएको थियो ।
समयमा नै मावन र बन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न निकुञ्जले पहल गर्नुपर्ने मधु वनका अध्यक्ष जैशीको धारणा छ । चारैतिर मध्यवर्ती बनले घरेको गाभर भ्यालीमा करिव ३ सय घरधुरीको बसोवास रहेको छ ।

प्रतिक्रिया