सर्वोच्चले भन्यो : फेसन व्यक्तिको स्वतन्त्रता हो , त्यसैले लामो कपाल पाल्ने र मुन्द्रेलाई नसमात्नू’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ भाद्र २०७२, बिहीबार १०:०९

काठमाडौं १७ भाद्र । कपाल पाल्ने र मुन्द्रा लगाउन मन पराउने युवाका लागि खुसीको खबर । जति पनि लामो कपाल पाल्नुस् र मुन्द्रा लगाउनुस्, तपाईंलाई प्रहरीले समात्न पाउनेछैन ।da

प्रहरीले युवाले पालेको कपाल काटिदिन थालेपछि त्यसलाई रोक्न माग गर्दै दुई वर्षअघि परेको रिटमा सर्वोच्चले फैसला गरेपछि अब संवैधानिक हककै रुपमा कपाल पाल्न पाउने अधिकार सुरक्षित भएको हो । कपाल पाल्नु, मुन्द्रा लगाउनु वा मन परेको भेषमा आफूलाई प्रस्तुत गर्नु व्यक्तिको स्वतन्त्रता र मौलिक हक भएकाले आइन्दा कसैलाई समातेर कपाल काट्न नलागाउन बुधबार सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको छ, आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया