काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आज हुने भनिएको साधारण सभा स्थगित भएको छ । साधारण सभा रोक्न गरेको माग गरी परेको रिटको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले भोलिसम्म कुनै गतिविधि नगर्न फैसला गरेसँगै साधारणसभा स्थगित भएको हो ।
यसैबीच, एन्फाको पदाधिकारीहरुको कार्यसमिति बैठकले भोलि अदालतमा उपस्थित भई आफ्ना विचार राख्ने निर्णय गरेको छ । बैठकले नेपालको अन्डर नाइन्टिन राष्ट्रिय टिमका खेलाडीलाई तत्काल जनही दुई लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया