कालो रौं भएको माकुराको विचित्रको संसार !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ भाद्र २०७२, बिहीबार ०७:१७

spiderकालो रौं भएको माकुरो, जसको आकार हाम्रो मुट्ठीजत्रो हुन्छ । सानो गुलाबी माकुरो, जसको आकार आलपीनको टुप्पो जत्रै मात्र हुन्छ । माछा मार्ने माकुरो पनि हुन्छ, पौडी खेल्ने माकुरो पनि हुन्छ । माकुरो पहाडमा पनि बस्छ, गुफामा पनि बस्छ । जालो बुनेर शिकार पक्रने माकुरो पनि हुन्छ, र जालो नबनाई बाघ सिंहले जस्तै शिकार गर्ने माकुरो पनि हुन्छ । गंगटो जस्तो देखिने माकुरो पनि हुन्छ र झिँक्रा ९रुखको सुकेको मसिनो हाँगा० जस्तो देखिने माकुरा पनि हुन्छ । यसरी, यस संसारमा धेरैथरिका विचित्र विचित्रका माकुराहरु पाइन्छन् । अहिलेसम्म ज्ञात भएअनुसार, यस संसारमा माकुराकै मात्र करीब ३० हजार प्रजातिहरु छन् १

माकुरो आफैं मांसहारी जीव हो । यो जीवले विशेष गरेर कीरा फट्यांग्रा खाने गर्छ । तर यही संसारमा एउटा यस्तो कीरा पनि पाइन्छ, जसलाई माकुरोले हैन, माकुरोलाई त्यो कीराको बच्चाले खाइदिन्छ १

आउनुहोस्, हामी पनि माकुरोको यो विचित्रको संसारको केही हिस्सालाई चियाऔं ।

कउष्मभच

चरा खाने भयानक माकुरो १

दक्षिण अमेरिकाको अमेजनको जंगलमा विचित्र विचित्रका, भयानक जीवजन्तुहरु पाइन्छन् । त्यस्तै जीवजन्तुहरुमध्येका एक हो – चरा खाने विशाल माकुरा । शरीरभरि रौं नै रौं भएको यो माकुरोले आफ्नो खुट्टालाई बीस सेन्टीमिटर परसम्म एकैपटकमा पुर्याउन वा घुमाउन सक्छ ।

प्रायःजसो माकुरोहरुले जालो बुनेर आफ्नो शिकारलाई पक्रने गर्छ । तर यो माकुरोले अरु माकुरोले जस्तो जालो बुन्दैन । यसको शिकार गर्ने तरीका अन्य मांसहारी जीवजन्तुहरुको जस्तै हुन्छ । मूलतः यो माकुरोले रुखमा चढेर आफ्ना शिकारहरुलाई खोज्ने गर्छ । विशेष गरी यसले मुख्य गरेर कीरालाई आफ्नो आहार बनाउँछ तर यसले भेटेमा स–साना माउसुली, छेपारो, सर्पका बच्चा र चरालाई समेत पक्रेर खान्छ । त्यसैले यो माकुरोलाई चरा खाने माकुरो पनि भनिन्छ ।

सौभाग्यको कुरा के छ भने, यो माकुरो मान्छेको लागि भने खतरनाक चाहिँ छैन । यसले टोक्यो भने एउटा मौरीले टोके जतिकै दुख्छ । साथै, यसको रौंले पनि निकै पीडा दिन्छ । आफूमाथि खतरा आइलागेको आभास पाएपछि यस किसिमका केही माकुरोहरुले आफ्नो पेटबाट रौं थुतेर आक्रमणकारीमाथि हिर्काउँछन् । यस माकुरोको छालाको रंग कालो हुन्छ । चरा खाने यो माकुरोको आकार १० सेन्टिमिटर–सम्म हुन्छ ।

रंग परिवर्तन गर्ने माकुरो

गंगटो माकुरोको शिकार गर्ने तरिका अनौठो हुन्छ । यो माकुरो फूलमा बस्छ र फूलको रस खान आउने कीराहरुलाई आफ्नो शिकार बनाउँछ । यो माकुरो र फूलको रंग झण्डै झण्डै एउटै जस्तो देखिन्छ, जसले गर्दा फूलको रस खान आउने कीराले आफ्नो यो शत्रुलाई हत्तपत्त ठम्याउन सक्दैन । अझ, यो माकुरोको पोथी जातिले फूलको रंग अनुसार, आफ्नो रंगलाई समेत विस्तारै परिवर्तन गर्न सक्छ ।

झट्ट हेर्दा फूलकै अंगजस्तो देखिने भएकोले फूलको रस खाने कीराहरु निस्फिक्री भएर आएर फूलमा बस्छन् । यसरी कीरा फूलमा बस्दा उत्पन्न हुने कम्पनबाट माकुरोले कीरा आएर फूलमा बसेको थाहा पाउँछ र झम्टेर आफ्नो शिकारलाई पक्रन्छ ।

जिउदै माकुरोको शरीरमा बच्चा जन्माउने कीरा १

कल्पना गर्नुहोस्, पखेटा भएको एउटा भयानक जीवले तपाईंलाई पक्र्यो । पक्रेपछि त्यो जीवले तपाईंलाई डसेर निस्क्रिय तुल्याइदियो । त्यसपछि त्यो पखेटा भएको भयानक जीवले तपाईंको शरीरमा अण्डा पार्यो र तपाईंलाई जमीनमा कतै लुकायो । निश्चित समयपछि ति अण्डाहरुबाट बच्चाहरु निस्के । र, त्यसरी निस्केका बच्चाहरुले तपाईंलाई जिउँदै खाइदिए ।

के यस्तो घटना वास्तविक जीवनमा हुन सम्भव छ रु अहँ १ तपाईं हामीमध्ये कसैले पनि वास्तविक मानव जीवनमा यस्तो घटना हुन सम्भव छ भनेर सोच्न पनि सक्दैनौं । यस्तो घटना त डरलाग्दो फिल्म, कहानी वा कथाका किताबहरुमा मात्र हुन सम्भव छ भनेर तपाईं हामी जोसुकैले पनि सजिलै भन्न सक्छौं ।

तर मानव जगत्का लागि यस्तो घटना असम्भव भए पनि जीवजगत्मा यस्ता घटनाहरु हुने गर्छन् ।

यस जीव जगत्मा पहेलो पखेटा र कालो शरीर भएको, बारुलो जस्तै एउटा कीरा हुन्छ, जसलाई अंग्रेजी भाषामा ध्बकउ भनिन्छ । यही कीराले नै शरीरभरि रौं भएको ठूलो खालको माकुरो– टारान्टुला को शरीरमा अण्डा पारेर बच्चा जन्माउँछ ।

सर्वप्रथम यसले यस जातिको माकुरोलाई जिउँदै पक्रन्छ । यसले माथि उल्लेख गरिएजस्तै गरी त्यसलाई डसेर हलनचल बनाइदिन्छ, तर मार्दैन । त्यसपछि त्यस कीराले त्यस माकुरोको शरीरमा अण्डा पार्छ । अण्डा पारिसकेपछि त्यस कीराले माकुरोलाई जमीनमा लुकाउँछ । यसरी त्यसको जीवित शरीरमा केही समयसम्म ती अण्डाहरु हुर्कन्छन् । जब अण्डाबाट बच्चाहरु निस्कन्छन्, ती बच्चाहरुले जन्मनेबित्तिकै त्यो माकुरोलाई खाइदिन्छन् ।

रोचक त के छ भने, यो कीराको भरखरै जन्मेको बच्चाले माकुरोलाई आफ्नो भोजन बनाए पनि यसको माउले भने फल र फूलहरुको रस मात्र खान्छ ।

संसारमा सबैभन्दा विषालु माकुरो

ब्राजिलमा पाइने ‘बञ्जारा माकुरो’ यस्तो माकुरो हो । विशेष गरेर यो माकुरो एमेजन नदीको आसपासको घना जंगलमा पाइन्छ । तर यो माकुरोको सबैभन्दा खराब बानी नै के छ भने, यो मान्छेको घरमा समेत आउने गर्छ । कतिसम्म भने, कहिलेकाहीँ यो माकुरो लुगाको थाकभित्र पनि लुकेर बस्छ ।

माकुराबारे केही विचित्र तथ्यहरु

माकुरो १ तपाईं हामी सबैले देखिरहेको जीव १ घर, गोठका कुनाकाप्चा तथा बोटविरुवाहरुको अन्तरकुन्तरमा जालो बुनेर कीरा फट्यांग्रालाई पक्रन खप्पीस जीवको नाम हो माकुरो । सामान्यतः मान्छेलाई अति कम हानी गर्ने तर हानिकारक कीरा फट्यांग्राहरुलाई खाएर उल्टै फाइदा पु¥याउने सहयोगी जीव हो– माकुरो । आउनुहोस्, यस जीवबारे केही रोचक कुराहरु पढौं १
आफ्नै जालोमा फँस्न सक्छ माकुरो

तपाईं हामीले देख्ने गरेका छौं, माकुराले कीरा फट्यांग्राहरुलाई पक्रन जाल बुन्ने गर्छ । यसको जालमा परेपछि हत्तपत्त कीरा फट्यांग्राहरु उम्कन सक्दैनन् । यसको जाललाई छुनेबित्तिकै त्यसमा कीरा फट्यांग्राहरु टाँसिन पुग्छन् । तर त्यही जालमा माकुरा चाहिँ टाँसिदैन ।

यस्तो किन र कसरी हुन्छ रु

वास्तवमा, सुन्दा अचम्म लाग्न सक्छ, तर सावधानी नअपनाउने हो भने माकुरो आफ्नो जालोमा आफैं फस्न सक्छ । तर आफैंले बुनेको आफ्नो घर– जालोमा हिँड्दा डुल्दा यसले सावधानी अपनाइरहेको हुन्छ । यसलाई जालोको कुन धागोमा हिँड्दा टाँसिदैन र कुन जालोमा हिँड्दा चाहिँ टाँसिन्छ भन्ने कुराको राम्रो हेक्का हुन्छ । त्यसैले यो जालोमा टाँसिदैन ।
माकुराले विभिन्न किसिमका जालो बुन्ने धागाहरु उत्पादन गर्न सक्छ । त्यसमध्ये यसले शिकार पक्रनको लागि टाँसिने खालको धागो उत्पादन गरी प्रयोग गरेको हुन्छ । त्यसबाहेक, यसले जालोलाई थाम्न र बलियो बनाउन नटाँसिने खालको धागो पनि उत्पादन गरेर जालोमा प्रयोग गरेको हुन्छ । यही नटाँसिने धागोको प्रयोग गरेर यसले जालोमा आफू हिँड्ने सुरक्षित बाटो पनि निर्माण गरेको हुन्छ ।
जालोमा कीरा फट्याँग्रा फँसेपछि यसले त्यही नटाँसिने धागोलाई मात्र आफू हिँड्ने बाटोको रुपमा प्रयोग गर्छ । माकुराको स्पर्श क्षमता यति शक्तिशाली हुन्छ, यसले सजिलैसँग टाँसिने र नटाँसिने धागो चिन्न सक्छ ।

जहाँ पनि पाइने जीव

माकुराले बुन्ने जालो जति विचित्र र कलात्मक हुन्छ, त्यति नै विचित्र यो जीव स्वयं आफू नै पनि छ । यो जीव जस्तोसुकै वातावरणमा पनि पाइन्छ । यो जीव हावा, पानी, जमीन, रुख, जमीनभित्र जताततै पाइन्छ, जुन कुरा यसका विभिन्न प्रजातिहरुमा निर्भर गर्छ । यो जीव ८ सेन्टिमिटर लामोदेखि आँखाले नै देख्न नसकिने आकारसम्मको पनि हुन्छ । फेरि, यसका केही प्रजातिहरु पानी नखाइकनै पनि बाँच्न सक्छ । माकुराको एउटा प्रजाति टारान्टुलाले त स–साना चराहरु नै पनि खान्छ र यो १५ वर्षको आयुसम्म बाँच्न सक्छ ।

कीरा हैन माकुरो

तपाईं हामी माकुरोलाई कीराको रुपमा लिने गर्छौं । तर रोचक त के छ भने, वैज्ञानिक वर्गीकरणमा माकुरो कीराको वर्गभित्र पर्दैन । यो कीराभन्दा भिन्न एराच्निड्स वर्गमा पर्दछ । यस वर्गमा आठवटा खुट्टा, आठ वटा आँखा तथा दुई भागमा विभक्त शरीर तथा पखेटा हुने जीवहरु पर्दछन् ।
माकुराको शरीरमा पखेटा तथा एन्टेना हुँदैन ।

सबै माकुराहरुले जालो बुन्दैनन्

सुन्दा अनौठो लाग्न सक्छ, तर सबै माकुरोले जालो बुन्दैन । पानीमा पाइने माकुरो ९युरोपियन वाटर स्पाइडर० ले पानीभित्र हावा भरिएको घण्टी आकारको घर बनाएको हुन्छ । यसले आफ्नो त्यस घरलाई आफ्नो आमाशयमा सतहबाट भरेर ल्याएको हावाले भरेर राखेको हुन्छ । हावाले भरिएको त्यस घरमा यस माकुरोले अण्डा पार्ने र बच्चा हुर्काउने काम गर्छ ।

त्यसैगरी, केही माकुरोले त पात वा काठको खोक्रोमा एक कोठे घर बनाएर बस्छ ।

तरल हुन्छ जालो बुन्ने धागो

माकुराको जालो बुन्ने धागो त्यसको आमाशयमा रहेका विशेष ग्रन्थीहरुमा उत्पादन हुने गर्छ । ती ग्रन्थीहरुमा उत्पादन भएको धागो स–साना प्वालहरु भएर आमाशयको पुछारमा रहेको जालो बुन्ने अंगसम्म आइपुग्छ । रोचक के छ भने, माकुरोको जालो बुन्ने यो धागो शुरुमा तरल रुपमा रहेको हुन्छ । तर जालो बुन्ने क्रममा हावाको सम्पर्कमा आएपछि सुकेर यो ठोस बन्न पुग्छ । साथै, माकुरोले आफ्नो उक्त अंगमा रहेको तरल पदार्थलाई थिचेर वा निचोरेर हैन, खुट्टाको सहायताले तानेर धागो बाहिर निकाल्छ ।

७० हजार प्रजाति

अहिलेसम्म माकुराका करीब ३५ हजार प्रजातिहरु रहेको पत्ता लागिसकेको छ । तर वैज्ञानिकहरु के विश्वास गर्छन् भने अझै पनि यसको करीब त्यति नै अर्थात् ३५ हजार प्रजातिहरु यस पृथ्वीमा विद्यमान रहेको हुनुपर्छ, जुन अहिलेसम्म थाहा हुन सकेका छैनन् । यस हिसाबले यस संसारमा माकुरोको करीब ७० हजार प्रजातिहरु रहेको हुनुपर्ने अड्कल काटिएको छ ।

आलपिनको टुप्पोभन्दा पनि सानो माकुरो

दक्षिण अमेरिकामा पाइने गोलियथ टारान्टुला माकुरो संसारमा पाइने माकुराहरुमध्ये सबैभन्दा ठूलो माकुरो हो । यसका खुट्टाहरुले ढाक्ने क्षेत्र करीब २५ सेन्टिमिटरसम्म हुन्छ । अर्कोतिर सबैभन्दा सानो माकुरो चाहिँ पाटु डिगुआ ९एबतग मष्नगब० हो । यसको शरीरको नाप ०।३७ मिलिमिटर मात्र हुन्छ । यो भनेको एउटा आलपिनको टुप्पोको आकारभन्दा पनि सानो साइज हो ।

प्रकृतिसँगको तादाम्यता

संसारमा बाँच्ने कलाले भरिपूर्ण जीवहरुको नाम लिनुपर्दा त्यसमा माकुरो पनि आउँछ । माकुराले बाँच्नको लागि प्रकृतिसँग राम्ररी तादम्यता मिलाएको हुन्छ । हरियो माकुरोले पातमा आफ्नो घर बनाएर आफूलाई शत्रुले सजिलै खुट्याउन नसक्ने गरी लुकाउँछ भने रातो, पहेंलो र सेतो माकुराले त्यही रंगका फूलहरुमा आफ्नो वासस्थान बनाएर आफूलाई सुरक्षित पार्छ । त्यसैगरी आफ्नो शरीरको रंगअनुसारको स्थानमा आफ्नो वासस्थान निर्धारण गरेर माकुराले आफूलाई सुरक्षित राख्न जानेको हुन्छ ।

कमजोर आँखा, उच्च स्पर्श क्षमता

केही जातिलाई छाड्ने हो भने माकुरोको दृष्टि अति कमजोर हुन्छ । तर त्यसको विपरीत यसको स्पर्श क्षमता चाहिँ अति उच्च हुन्छ । विशेष गरी, यसको कम्पन थाहा पाउने क्षमता अति तीखो हुन्छ । यसले आफ्नो जालोमा फस्ने कीरा उम्कने प्रयास गर्दा उत्पन्न हुने कम्पनको आधारमा जालोमा शिकार फसेको थाहा पाउँछ । जालो नबनाउने माकुराले पनि हावा तथा सतहमा शिकार हिँड्दा उत्पन्न हुने सुक्ष्म कम्पनको आधारमा शिकारलाई पक्रन्छ । त्यसैगरी, पानीमा बस्ने माकुरोले पनि पानीको सतहमा आफ्नो खुट्टा चलाएर त्यसमा रहेको कम्पनको आधारमा शिकार रहेको स्थान पत्ता लगाउँछ ।

एक पटकमा हजार अण्डा

माकुरोले अण्डा पार्छ । यसले एक पटकमा प्रजातिअनुसार एउटादेखि हजार वटासम्म अण्डा पार्न सक्छ । अधिकांश माकुराले आफ्नो अण्डालाई जालोले बुनिएको सुरक्षित कवचमा बेरेर सुरक्षित स्थानमा राख्छ । यसरी अण्डा पारेपछि केही प्रजातिका माकुराले त्यसलाई त्यतिकै छोडिदिन्छ, फेरि फेरि त्यसको हेरचाह गर्दैन बरु अरु माकुराले त्यसको हेरचाह गरिदिन्छन् । कुनै कुनै प्रजातिले चाहिँ आफूसँगै अण्डा लिएर हिँड्छ र बच्चा हुर्काउँछ ।

त्यसो त अधिकांश माकुरोका बच्चाहरुले जन्मनेबित्तिकै आफैं आफ्नो हेरचाह गर्न सक्छ र आमाको मद्दतबिना नै हुर्कन सक्छन् । तर केही प्रजातिका माकुराहरु विशेष गरी नर्सरी वेभ स्पाइडर लाई चाहिँ आमा माकुरोले नै हुर्काउँछे ।

ratopati

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१