अरबौँको लगानीमा बनेका संसारकै महँगा फिल्महरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ भाद्र २०७२, बिहीबार ०६:५५

नेपाली चलचित्र उद्योग अरबौँको लगानी गर्ने स्तरमा पुग्न सकेको छैन । बलिउड चलचित्र उद्योग आजकाल निकै माथि उठ्न थालेको छ । करोडौँ लगानी गरेर बनाइएको बलिउड फिल्महरु कमाइ पनि त्यही अनुपातमा गर्छन् । नेपाली चलचित्र करोडको कमाइमा भर्खरै प्रवेश गर्दैछ भने बलिउड चलचित्र सय करोडको कमाइमा पुगेको छ । उता हलिउडमा भने एउटै फिल्मको लागि अरबौँ खर्च गरिन्छ । एनिमेसन लगायतका नयाँ प्रविधिको बढी प्रयोग गरेर बनाइने भएकाले हलिउड फिल्ममा बढी खर्च हुन गएको हो । आजसम्म हलिउडमा अरबौँ खर्च गरेर बनाइएका संसारकै सबैभन्दा महँगा फिल्महरुका बारेमा यहाँ चर्चा गरिएको छ ।

पाइरेट्स अफ द क्यारेबियन : एट वल्र्ड इन्ड (३१ अर्ब)
At-Worlds-End-pirates-of-the-caribbean-30786243-1280-1024

 

 

 

 

 

 

 

हलिउडमा बनेका फिल्ममध्ये बढी लगानी गरिएको फिल्मको अग्र स्थानमा पर्छ, ‘पाइरेट्स अफ क्यारेबियन’ सिरिजको फिल्म ‘एट वल्र्ड इन्ड’ । ‘स्पाइडरम्यान–३’ले जस्तै यो फिल्मले पनि बजारमा भव्य सफलता हात पारेको थियो । फिल्म समीक्षकहरूबाट पनि यो फिल्मले तारिफ पाएको थियो । फिल्मले ग्लोबल बक्स अफिसमा ९३ अर्ब ६० करोड रुपैयाँ कलेक्सन गरेको थियो ।

स्पाइडरम्यान–३ (२६ अर्ब)
spiderman3dvd

 

 

 

 

 

 

‘स्पाइडरम्यान’ सिक्वेलको तेस्रो फिल्म कमाइजस्तै लगानीका हिसाबले पनि माथि थियो । ‘स्पाइडरम्यान–२’ले भव्य व्यापारिक सफलता हासिल गरेपछि निर्माताले यसको तेस्रो सिक्वेलमा लगानी ओईयाउन कुनै कन्जुस्याइँ गरेनन् । फिल्मले जम्मा ८९ अर्ब रकम कलेक्सन गरेको थियो, जसले त्यतिवेला फिल्म क्षेत्रका मानिसलाई उत्साहित बनाएको थियो ।

ह्यारी पोर्टर एन्ड द हाफ–ब्लड प्रिन्स (२५ अर्ब)
Harry_Potter_and_the_Half-Blood_Prince_poster

 

 

 

 

 

 

‘ह्यारी पोर्टर’ उपन्यासको सिक्वेलमा आधारित यो फिल्मका सबै सिक्वेलले भव्य सफलता हासिल गरे । सिक्वेल फिल्ममध्ये पनि ‘ह्यारी पोर्टर एन्ड द हाफ–ब्लड प्रिन्स’ फिल्ममा निर्माताले सबैभन्दा बढी लगानी लगाएका थिए । यो ह्यारी पोर्टर सिक्वेलको छैठौं फिल्म हो, जसले ९३ अर्ब रकम संकलन गरेको थियो । यो फिल्मले आमदर्शक र फिल्म समीक्षक दुवैबाट तारिफ हासिल गरेको थियो ।

अवतार (२४ अर्ब)
avatar

 

 

 

 

 

 

 

 

 

 

 

हलिउडको इतिहासमै सबैभन्दा बढी सफलता हात गर्ने फिल्मका रूपमा चिनिन्छ, ‘अवतार’ । यो पनि अलौकिक शक्ति भएको पात्रमाथि आधारित फिल्म हो, जसमा एनिमेसनको प्रशस्त प्रयोग गरिएको छ । ओस्कार विजेता फिल्म ‘टाइटानिक’को निर्माण समूहले बनाएको यो फिल्मले कमाइका हिसाबले ‘टाइटानिक’लाई पनि जितेको थियो । ठूलो लगानी गर्न निर्माताहरूलाई यो फिल्मले आत्मविश्वास प्रदान गरेको थियो ।

द क्रोनिकल्स अफ नार्निया : प्रिन्स क्यास्पियन (२२.५ अर्ब)
Chronicles-of-Narnia-Prince-Caspian-harry-potter-vs-narnia-2577070-1600-1200

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो फिल्म पनि ‘प्रिन्स क्यास्पियन’कै सिक्वेल हो । ‘द लायन, द विच एन्ड द वारड्रोब’ले सफलता हात पारेपछि यसका सिक्वेल निर्माण गर्ने क्रम सुरु भयो । पहिलो फिल्म व्यावसायिक रूपमा त्यति सफल नभए पनि यसका सिक्वेलहरूले भने राम्रो व्यापार गरे । यो फिल्मका सबै सिरिज उपन्यासमा आधारित हुन् । यद्यपि, यो फिल्मले फिल्म समीक्षकहरूबाट त्यति राम्रो प्रतिक्रिया पाउन सकेन ।

पाइरेट्स अफ द क्यारेबियन  : डेड म्यान्स चेस्ट (२२.५ अर्ब)
deadman chest

 

 

 

 

 

 

 

पाइरेट्स अफ द क्यारेबियन सिक्वेलका पहिलो फिल्म हो, ‘कर्स अफ द ब्ल्याक पर्ल’ । यो फिल्मले भव्य सफलता हासिल गरेपछि यसको सिक्वेल निर्माण गर्ने र त्यसमा भव्य लगानी गर्ने निधोमा निर्माता पुगे । ‘पाइरेट्स अफ द क्यारेबियन स् डेड म्यान्स चेस्ट’का नाममा फिल्मको सिक्वेल बन्यो, जसले सोचेजत्तिकै भव्य सफलता हासिल र्गयो । सबैभन्दा छिटो एक अर्ब डलर कमाइ गर्ने फिल्मका रूपमा यसले त्यतिवेला इतिहास रचेको थियो । फिल्ममा महसुर अभिनेता जोनी डेपको मुख्य भूमिका छ । सन् २००६ मा रिलिज भएको यो फिल्मलाई गोर भर्बिन्स्कीले निर्देशन गरेका हुन् ।

म्यान अफ स्टिल (२२ अर्ब)
man of steel

 

 

 

 

 

 

‘सुपरम्यान’ सिरिजका फिल्मले सफलता पाउँदै गएपछि फिल्म निर्माण समूहले सन् २०१३ मा ‘मेन अफ स्टिल’ फिल्म बनायो । ठूलो स्टार लिनुको सट्टा फिल्मको मुख्य भूमिकामा हेनरी काभिललाई काम गराइयो र त्यति राम्रोसँग नचिनिएका अभिनेताको भरमा फिल्ममा लगानी ओईयाउने जोखिम उठाइयो । फिल्मले सोचेजति मुनाफा नगरे पनि यसले निर्मातालाई प्रशस्तै नाफा दिलाउन सफल भयो

साभार – businesssansar.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१