टीकापुर घटनाका हत्यारालाई कारबाही गरी छाड्छौँ : डीआईजी नेपाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ भाद्र २०७२, बिहीबार ०६:३७

11949401_1668327120048676_3769134868463549340_nभीमदत्तनगर, १७ भाद्र  । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) माधव नेपालले टीकापुरमा प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताउनुभएको छ ।

टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक बलराम विष्ट र प्रहरी हबल्दार जनक नेगीको घरमा पुगेका क्षेत्रीय प्रहरी प्रमुख नेपालले मृतकका परिवारलाई हत्यामा संलग्न जो कोही भए पनि कारबाही हुने आश्वासन दिनुभयो ।

“प्रहरी परिवारकै कर्मठ योद्धा हामीले गुमाउँदा दुःखित भएका छौँ” उहाँले भन्नुभयो– “विचलित नभई शान्ति सुरक्षा प्रत्याभूत गराउनुका साथै टीकापुर घटनाका दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।”

Dig-madhav-nepal-1उच्चस्तरीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार दोषी पत्ता लगाई कारबाहीका लागि कडा कदम चलाउन आफू पछि नहट्ने प्रहरी नायब महानिरीक्षक नेपालले बताउनुभयो । उहाँले मृतक परिवारका बालबालिकाको संरक्षण तथा अध्ययनका लागि पहल गरिने बताउनुभयो ।

थरुहट थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामा परी प्रहरी निरीक्षक विष्टको भदौ ७ गते हत्या गरिएको थियो भने घटनामा घाइते भएका प्रहरी हबल्दार नेगीको उपचारको क्रममा भदौ ८ गते मृत्यु भएको थियो । रासस

प्रतिक्रिया