काशी पोख्रेल
बाँके। भारतको मुम्बइबाट दुई महिलालाई थ्रि एन्जलस नेपाल कोहलपुरले उद्धार गरी कोहलपुर ल्याएको छ । बाँके कचनापुर घर भएकी २२ बर्षीया गंगा बुढा र इलाम घर भएकी ३० बर्षीया लालमाया राइलाई उद्धार गरीएको थ्रि एन्जलस नेपाल कोहलपुरका प्रमुख भक्त विसीले जानकारी दिए ।
घरको आर्थिक अवस्था कमजोर भएकाले विदेश जान लागेका दलालले लगेको र भारतमा भिसा नक्कली भएकोले भारत प्रहरीले प्रक्राउ गरी ६ महिनादेखि जेलमा थुनिएका थिए । नेपालबाट थ्रि एन्जलस नेपाल कोहलपुरले र भारतको उर्जा टष्ट संस्था मिलेर उद्धार गरिएकोे हो । भारतको प्रहरीले ति महिलालाई जालसाँजीको मुद्दा चलाई थुनामा राखेको थियो ।
तर संस्थाले मानब बेचविखनको मुद्धा ३ महिनाअघि संस्थाले वकिल राखेर मुद्दा लडिरहेको र सोमबार मुद्दा जितेपछि ती महिलालाई नेपाल फर्काइएको हो । आफुलाई उद्धार गरे पनि अन्य महिलालाई पनि बिभिन्न प्रकारका मुद्दा लगाएर धैरै महिला जेलमा रहेको ती महिलाहरुले जानकारी दिएका छन् ।
प्रतिक्रिया