काशी पोख्रेल
बाँके ।घरमा बर्षभरी अन्नपात नपुग्ने, परिवार पाल्न धौ–धौ हुने, बुढेसकालले पनि छोइसक्यो । जाजरकोट भूर गाविसका ६१ बर्षिय दलबहादुर विक बर्षमा आठ महिना भारतमा कमाइ गर्न जान्छन् । चाडबाड र खेतीपातीको समयमा मात्रै उनी घर पर्किन्छन् ।
आफ्नो दशैतिहार मनाउन भारतबाट सात महिनामै फर्किएका उनी तिहार सकिन नपाउँदै फेरी भारततिरै हान्निए । दशै तिहारसँगै बारीमा गहुँ छरेर उनी फेरी भारततर्फ कमाइका लागि हान्निएका हुन् । घरमा आएपछि लामो समय नबस्ने उनी खेतबारीको अन्नले चार महिना पनि पु¥याउन गा¥हो भएपछि भारततिर जाने गरेको बताउँछन् ।
‘घरमा आएर धेरै समय खेर फाल्यो भने परिवार पाल्नै धौ–धौ हुने गर्छ’ उनले भने ‘त्यसैले विशेष अवसरबाहेक कमाइका लागि भारत जानु बाहेक अरु विकल्प छैन ।’ यो परिवार जस्तै बर्षमा चार महिना मात्रै खान पुग्ने सुर्खेत डाँडाखालीका विरु परियारको कथा पनि यस्तै छ । ३२ बर्षको उमेरमा विहे गरेका उनका साना–साना आठ सन्तान छन् । उनलाई पनि तिनिहरुको पढाई लेखाई, खानपिन, लत्ताकपडा, नुनतेल लगायत घरपरिवारको अन्य खर्च जुटाउन भारत नगई हुँदैन ।
‘सधै झै यसपाली पनि दशैतिहार मनाउन र आफ्नो एक छेउलो जग्गामा खेती गर्न भनेर भारतको सिम्लाबाट घर फर्किएको हुँ’ खेती सकेर भारत जाँदै गरेका उनले भने, ‘गाउँमा हल्लिएर बस्ने हो भने परिवार पाल्न समस्या हुन्छ त्यसैले भारत नगई हुँदैन ।’ मध्यपश्चिमका अधिकांश जिल्ला एक हजारबढि मानिस रोजगारीका लागि भारत जाने गर्दछन् ।
भारत जानेहरुमा न्यून आय भएका र बर्षभरी खेती गरेर खान नपुग्ने परिवारका व्यक्तिहरु धेरै छन् । गरिब परिवारका घरमुलीदेखि छोरा र विद्यार्थीहरु पनि पढाई छाडी सबै कामको खोजीमा भारत जाने गर्दछन् । कोही जिल्लाकै सदरमुकाममा काम खोज्दै हिड्छन् त धेरैजसो भारततर्फ जान थालेका छन् । न्यून आय भएका अभिभावकको भारत गएर केही कमाउने परम्परानै भएपनि चाडबाड र खेतीपातीको समयमा भने उनीहरु सधैजसो घर फर्कने गर्दछन् । खेतीपातीबाट उत्पादन भएको अन्नले बर्षभरी खान नपुग्ने भएपछि न्युन आय भएकाहरु बर्षमा ६ देखि ८ महिना भारतमै विताउने गर्दछन् ।
त्यस्तै ती परिवारका युवा, विद्यार्थी र बालबालिका समेत विद्यालय विदा भएका समयमा परिवारको खर्चसँगै आफ्नो पढाई खर्च जुटाउन कामको खोजीमा विभिन्न सहरहरुमा धाउन थाल्छन् । स्वदेशमै रोजगारीका अवसर नभएपछि भारतमा सस्तो श्रम बेचेर उनीहरूले घरपरिवार पाल्ने गरेको पाइन्छ । कहिलेकाही आइपर्ने दैवीसंकटका बेला सरकारले पनि कुनै राहत उपलब्ध नगराउने भएपछि गरिब परिवारको दयनीय आर्थिक अवस्थाका कारण भारततर्फ पलायन हुनुको विकल्प नभएको उनीहरु भनाई छ ।
मध्यपश्चिमको प्रमूख केन्द्र नेपालगन्ज नाका भएर दैनिक करिब पाँच सय बढि मानिसहरु रोजगारीका लागि भारत जानेको सीमा प्रहरी चौकी जमुनाहाका प्रहरी इन्चार्ज महेन्द्र रानाले बताए । यहाँका विभिन्न जिल्लाबाट रोजगारीका लागि भन्दै भारत जानेको संख्या दिनप्रतिदिन बढिरहेको छ, उनले भने । उनका अनुसार भारत जानेमा सबैभन्दा धेरै निम्न आयस्तर भएका मानिसहरु छन् ।
आर्थिक अवस्था निकै कमजोर भएका कारण घर खर्चदेखि छोराछोरीको पढाई खर्च जुटाउनु र कामको खोजी गर्नु यस क्षेत्रका गरिब परिवारका सदस्यको बाध्यता नै भएको छ । विदाका दिन र विद्यालय समय बाहिर मजदूरी नगरे पढ्नै नपाइने यस क्षेत्रका बालबालिकाले व्यहोर्नु परेको पीडा हो । विदाका सुमयमा यहा“का बालबालिका मजदूरीका साथै सडकपेटी छेउमा तरकारी, फलफूल समेत बेच्ने गर्दछन् । यस क्षेत्रका विभिन्न जिल्लाका दुर्गम तथा विकट गाउ“का बालबालिका बढीमात्रामा भारततर्फ काम गर्न जाने गरेका छन् ।
प्रतिक्रिया