एजेन्सी। फिल्मी कलाकारहरु एक्सरसाइज गरेर मात्र फिट हुदैन्न उनिहरु खान(पिनमा पनि त्यति नै ख्याल राख्दछन्। प्राय तपाईलाई लाग्दो हो फिल्मका कलाकारहरु के खान्छन् भनेर।हामि तपाईलाई आज बताउदछौ कि बलिउडका स्टार कलाकारहरु के खान्छन् भनेर।
सलमान खान : यिनि खानामा चिकन, अण्डा वाइट्स र माछा खान्छन्। सलमान सुगर र प्रोसेस्ड फूडबाट टाडै बस्दछन्। कार्बोहाइड्रेटको लागि दाल र सलाद खान्छन्। सलमान फिटनेसको लागि वर्क आउट र सही खान(पिन दुवैलाई मिलाएर गर्छन्।
रणबीर कपूर : रणबीर घरमा बनाएको खाना खान मन पराउछन्। ब्रेकफास्टमा उनी अण्डा वाइट्सका साथै भेजिटेबल जूस खान्छन्, जुन दैनिक फरक फरक तरकारीबाट बनिएको हुन्छ।रणबीर सामान्य देशि खाना नै मन पराउछन्। दैनिक रूटीनमा उनि दाल, रोटी, सब्जी र एक गिलास दही पर्दछन्।
कट्रीना कैफ : स्लिम जिउ भएकी यि हीरोइन दाल सँगै ब्राउन राइस र सलाद मन पराउछिन्। लन्चमा उनको सबै भन्दा फोकस ताजा जूसमा हुन्छ जस्तै हेल्दी ड्रिंक्स जुनले उनलाई दिन भर ताजा राखोस।
रितिक रोशन : रितिक सधै आफ्नो खानामा वढि चिल्लो नहोस भनेर ख्याल राख्छन्।उनी ताजा फलफुल र तरकारी खान मन पराउछन् उनी पूरै दिनमा छ-सात पटक खाने गर्दछन्। उनको प्राथमिकतामा स्वीट पोटेटो, ब्राउन राइस, चिकन पर्दछन्। पानी धेरै खाने रितिकको बानी हो।
सोनाक्षी सिन्हा : सोनाक्षी प्रतेक तीन घन्टामा केहि न केहि खाई रहन्छिन्। उनी खानामा घरमा बनेको रोटी, सब्जी र सलाद पर्दछन्। सोनाक्षी प्रोटीन भएको चिजहरु जस्तै दाल, चिकन र अण्डा वाइट्स मन पराउछिन्।
प्रियन्का चोपडा : प्रियन्का घरको खाना मन पराउछिन् र खाने कुरामा उनि पुरै पन्जाबी हुन्। पेपरोनी पिज्जा होस वा पराठा, प्रियन्का उनी खानेको मौका छोडदिन्न। दैनिक डाइटमा उनी रोटी, सब्जी, सूप, सलाद, राइस, दाल घरबाट ल्याएर दबाएर खानछिन् ।
दीपिका पादुकोण : दीपिका ब्रेकफास्टमा अण्डा वाइट्स, पुदीनाको अचार सँगै प्लेन डोसा, उपमा, इडली वा पराठा मन पराउछिन्। लंचमा उनि दाल, रोटी, सब्जी, सलाद र रायता खाना खान्छिन्।
जोन अब्राहम : जोन स्नयाक्स खान मन पराउदछन् तर उनि यो चाहान्छन कि उनको स्नयाकस स्वास्थकर होस भनेर। खानमा उनि रोटी, दाल को सूप वा दाल र उमलिएको पालुङ्गो खान्छन्। जोन को खाजा जबरदस्त हुने गर्दछ। ब्रेकफास्टमा ताजा जूसको एक ठुलो गिलास, छ वटा अण्डा वाइट्स, बटरटोस्ट र दस बदाम खान्छन्।
प्रतिक्रिया