एसीसी यू १९ क्रिकेटमा नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ भाद्र २०७२, सोमबार १२:३८

काठमाडौँ । एसीसी अन्डर नाइन्टिन प्रिमियर लिग क्रिकेटमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । ७६ रनको सामान्य चुनौती पाएको नेपालले १४.४ ओभरमै २ विकेटको क्षतिमा मलेसियाको लक्ष्य भेटायो।

नेपाललार्इ दोस्रो जित दिलाउने क्रममा नट आउट रहेका आशिष धामीले ४ छक्‍का प्रहार गर्दै सर्वाधिक ३८ रन बनाए । त्यसैगरी राजबीर सिंहले ५ चौका हान्‍दै ३३ रन जोडे। ७६ रनको झिनो विजय लक्ष्य पछ्याउँदा नेपालले १४ ओभर चार बल खपत गर्दै दुई विकेट गुमाएको थियो । ३८ ओभरमा अलआउट भएको उसका लागि पभनदीप सिंहले सर्वाधिक १७ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ७५ रनमा समेट्यो ।

पहिलो खेलमा यूएईविरुद्ध जित हात पारेको नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१