सफलताको सुत्र यी व्यक्तिको जीवनीबाट सिक्नुहोस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ भाद्र २०७२, सोमबार १२:२९

काठमाण्डौँ । सफलताको शिखरमा पुग्ने इच्छा कसलाई पो हुँदैन र ? प्रतिष्ठा कमाएर जीवनलाई सार्थक बनाउने दौडमा हर मानीस लाग्छन् । सफलताको शिखरमा पुगेकालाई तलबाट हेर्दा उनीहरुको इमानको उचाई धेरै माथि देखिन्छ । त्यो सफलता चुम्ने सोच बनाएकाहरु नै उचाई देखेर आँत्तीन्छन् । किनकी उनीहरुले पनि तल्लो तहबाट नै आफ्नो यात्रा सुरु गरेर शिखर पुगेको हामी बिर्सन्छौँ । यस्ता थुप्रै व्यक्तित्वहरुले निकै तल्लो तहबाट आफ्नो संघर्ष सुरु गरेर विश्वमाझ चिनिएका छन् । यस्ता व्यक्तिहरुको एउटा सूची लमजुङका दिपेन्द्र बन्जाडेले तयार परेर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । उनले त्यी व्यक्तिहरुको सूची सार्वजनिक गर्दै आफुले पनि उनीहरुको जस्तो सफलता पाउन सक्ने दृढता राखेका छन् । प्रयास गरे प्रतिष्ठा बटुल्न सकिन्छ भन्ने उनले हिम्मत देखाएका छन् । म कसो नबनुला र ? भन्ने शिर्षकसहित उनले उल्लेख गरेका व्यक्ति र त्यीनको विगत यस्तो छ । जुन विगत पढेर तपाईँमा पनि उर्जा प्राप्त हुन सक्छ ।

१. खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।

२. ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।

३. कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।

४. वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।

५. सानैमा चोरी गर्दै हिँड्ने विकाशानन्द धार्मिक गुरू बने ।

६. साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।

७. सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।

८. भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।

९. चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।

१०. दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।

११. कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।

१२. कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।

१३. सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।

१४. लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।

१५. लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।

१६. मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।

१७. घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।

१८. पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।

१९. खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।

२०. अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।

२१. कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।

२२. गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।

२३. एसएलसी पास रेखा थापा चर्चित नायिका बनिन् ।

२४. तिन पटक SLC फेल हरीवंश आचार्य नामी कलाकार बने ।

२५. पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।

२६. कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।

२७. स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।

२८. झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।

२९. थर्ड डिभिजनमा एसएलसी पास गरेका महात्मा गान्धी विश्व नेता बने ।

३०. तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।

३१. हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।

३२. दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपती बने ।

३३. कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।

३४. मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१