नाचघरमा ‘लम्बरी लाले’ मञ्चित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७१, बिहीबार २०:१४
काठमाडौं,२२ जेठ । उपत्यकाव्यापी एकांकी नाटक प्रतियोगितामा बिहीबार राष्ट्रिय लोकदृष्टि थिएटरको ‘लम्बरी लाले’ नाटक मञ्चन गरियो। दन्त्यकथामा आधारित नाटकको निर्देशन अनिल काफ्लेले गरेका छन्। नाटकमा रमेश खत्री, गायत्री त्रिपाठी, बिष्णु थापा, शाची गौतम, दिलिप रानाभाट, प्रज्ञा पन्त, आशिष रिजाल, देवराज घिमिरे र राजकुमार गुरुङ लगायतले अभिनय गरेका छन्।
 8a534003307a17f8b51597e29fe6ef7d_L
दाजुभाइको ईर्ष्यालाई विषय बनाइएको नाटकको सुरुमा दाजुले लाटो भाइलाई अंश दिँदा हेपेर झुत्रो सामान दिन्छन्। एक्कासी भाइको गोरु मर्छ। मरेको गोरु बजार लगेर बेच्दा भाइले पैसा कमाएको थाहा पाएपछि दाजुले पनि गोरु मार्छ, तर भाइझैं उसले मरेको गोरुको मोल पाउँदैन। नाटकको अन्तमा भाइ राजा हुन्छ र दाजुलाई समेत मन्त्रीको पद दिएर बैगुनीलाई गुणले मार्नुपर्छ भन्ने भनाइ चरितार्थ गर्छ।
आगामी जेठ २७ सम्म चल्ने महोत्सवमा ‘मान्छे प्रतियोगिता’, ‘चौघेरा’ र ‘मनगणन्ते’ लगायत नाटक मञ्चन हुनेछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१