भारतलाई हराएपछि के भने बिमल घर्ती मगरले ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ भाद्र २०७२, सोमबार १०:११
काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय फुटबल टोलीका कप्तान बिमल घर्ती मगरले इतिहाँस रच्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।

‘आजको खेल जितेर हामी इतिहाँस रच्न पाउँदा खुसी लागेको छ’, प्रतियोगितापछि प्रतिक्रिया दिँदै उनले भने, सबैले मायाँ गरिदिनु भएकोमा धन्यवाद हामी अझैं राम्रो गर्ने प्रयास गर्नेछौं ।’
उनले आफूहरुलाई नेपाली दर्शकले मायाँ गरेको दर्शकको सहभागिता बाटै प्रष्ट भएको भन्दै फूटबलमा बढेको क्रेजलाई बचाइराख्न सबैको सहयोग आवश्यक रहेको बताए ।
आफूहरु निरन्तर फुटबलमा राम्रँे गर्न लागिरहने र त्यसको लागि एन्फा र सरकारको विषेश सहयोग जरुरी हुने उनको भनाई थिया । ‘फूटबलमा अहिले क्रेज बढेको छ । यसलाई बचाइराख्न हाम्रो प्रयास रहने नै छ साथै सरकारले पनि फ्यासिलिट दिनु पर्छ ’, उनले भने ।
उनले आफूहरुले राम्रो खेलेपनि अन्तिम समयमा सानो गल्ती हुनु दुर्भाग्य भएको भन्दै ६ मिनेट होल्ड गर्न सकेको भए टाइबे्रकरमा जानै पर्ने थिएन भने ।
उनले खेल जितेपछि निकै खुसी लागेको भन्दै भने, ‘खुसीमा सीमै छैन कहाँ गएर बाँडौं भइरहेको छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१