पाकिस्तानको परमाणु हतियारको विषयमा अमेरिकाको चेतावनी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ भाद्र २०७२, आईतवार ०९:२४
अमेरिकाले पाकिस्तान लगायत परमाणु हतियार रहेका देशहरुलाई आफ्नो परमाणु क्षमताको विस्तारलाई अंकुश लगाउन आग्रह गरेको छ ।

पाकिस्तान आगामी दशकमा विश्वमा आणविक हतियार राख्ने विश्वका देश मध्ये तेश्रो सबैभन्दा धेरै हतियार हुने देशमा पर्ने प्रतिवेदन सार्वजनिक गरेपछि अमेरिकाले यस्तो आग्रह गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले पाकिस्तान सहितका परमाणु हतियार राख्ने देशहरुलाई अपिल गर्दै परमाणु क्षमता विकाशमा अंकुश लगाउन आग्रह गरेका हुन् ।

चीनले भारतलाई ‘युद्ध हुन सक्ने देश’को सूचीमा राख्यो

अमेरिकाका २ संस्थाले हालै गरेको एक अध्यनले पाकिस्तानमा आगामी एक दशकभित्र ३५० भन्दा बढी परमाणु हतियार हुनेछन् । जुन अमेरिका र रुस पछिको धेरै संख्या हुनेछ ।

स्टिमसन सेन्टर र कार्नेजी एणडामेन्ट फर इन्टरनेशनल पिसका दुई चर्चित विज्ञहरु टम डाल्टन र मिशेल क्रेपनले जारी गरेको ४८ पेज लामो ‘ए नर्मल न्यूक्लियर पाकिस्तान’ भन्ने रिपोर्टका आधारमा यस्तो खुलासा भएको हो ।

१ दशकपछि पाकिस्तान संसारकै सबैभन्दा धेरै परमाणु हतियार हुने तीन देश मध्ये एक हुने भन्ने रिपोर्टले भारतमा भने हंगामा मच्चिएको छ ।

रिपोर्टमा पाकिस्तानको आणविक क्षमता वृद्धी हुँदा भारतले पनि त्यस्तै कदम चाल्ने र क्षेत्रीयरुपमा परमाणु हतियारको खतरा बढ्दै जाने समेत दावी गरिएको छ । तर यस्तो दौडमा अहिलेको गतिमा भारतलाई समस्या पर्न सक्ने समेत रिपोर्टको निष्कर्ष छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१