सुविधा र प्रशिक्षण दिनुस्, हामी अन्तराष्ट्रिय स्तरमै परिणाम दिन्छौं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ भाद्र २०७२, शनिबार १९:२०

gn3_1821347132

विमल घर्ति मगर
यु १९ फुटवल कप्तान
आज म पहिलो पटक धेरै खुसी छु । किनभने मेरो कप्तानीमा रहेको नेपाली टोलीले इतिहाँस रचेको छ । २२ बर्षदेखि सपना बनाउँदै आएको साफ यू १९ च्याम्पियन टफि हामीले पाएका छौ । यसका लागि हामी खेलाडी मात्र हैन खेल मैदानदेखि घरका छतमा बसेर हामीलाई हौस्याउने दर्शको त्यतिकै हात छ । म हाम्रा दर्शकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । आज दर्शकको मायाले हामी अन्तराष्ट्रिय स्तरको च्यापिम्पयन बनेका छौ ।
हाम्रो टोली सशक्त छ । अब एन्फा र सरकारले खेलका लागि बढि चासो दिनु परयो । खेलमा सरकारको ध्यान गए हामी भविश्यमा अन्तराष्ट्रिय स्तरमा पनि राम्रो नतिजा ल्याउने छौ । यो म सवैलाई विश्वास दिलाउन चाहान्छु । अन्तराष्ट्रिय लेवलको प्रतिस्पर्धा गर्दा त्यही प्रकारको हामीलाई प्रशिक्षण अन्य सुविधाको आवश्यकता पर्दछ । त्यो सरकारले पुरा गरोस हामी नतिजा दिन्छौ ।
आज खेलको अन्तिम समयमा हामीले केही गल्ती गरयो । तर हाम्रो टोली सशक्त भएका कारण म विश्वस्त थिएँ । टाइव्रेकरमा पनि जित्न सकिन्छ भन्ने लागेको थियो । टाइब्रेकरमा केही नरमस पन त थियो तर प्रतिद्धन्दी खेलाडीको तुलनामा उच्च नै थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१