किन मागे ओबामाले जापानी प्रधानमन्त्रीसँग क्षमा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ भाद्र २०७२, शनिबार ०९:२९

1430392826_Obamaटोकियो । संयुक्त राज्य अमेरिकाले जापानी राजनीतिज्ञहरुमाथि जासुसी गरेको थियो भनी विकीलिक्सले सार्वजनिक गरेको सूचनाका लागि अमेरिकाले जापानसँग माफी मागेको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार विहान जापानी प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गरी क्षमा माग्नुभएको हो ।
बुधबार बिहान अमेरिकी राष्ट्रपति ओबामाले जापानी प्रधानमन्त्री आबेलाई टेलिफोन गरी उक्त आरोपमा कुनै सत्यता नभएको भन्दै यदि त्यसबाट दुई देशको सम्बन्धमा कुनै असजिलो महसुश भएमा आफूले अमेरिकी जनताका तर्फबाट क्षमा माग्छु भन्नुभएको समाचारमा जनाइएको छ ।
तर यस्ता आरोपबाट आफू बिचलित नभएको र यसले अमेरिका र जापानबीचको असल र सुमधुर सम्बन्धमा कुनैपनि असर नपर्ने धारणा पनि राख्नुभएको जापानी सरकारका प्रवक्ताले जानकारी दिनुभएको छ ।
जापानी सरकारका प्रवक्ता योसिहिदे सुगाले भन्नुभयो– उहाँहरुबीच बुधबार बिहान फोनमा कुराकानी भयो र आगामी दिनमा विश्वव्यापी रुपमा आर्थिक मुद्धामा एक भएर कामगर्ने विषयमा सहमति भएको बताउनुभयो ।
म धेरै नै क्षमा चाहन्छु कि यस हल्लाले जापानी राजनीतिमा पनि नराम्रो प्रभाव पार्न खोजेको छ र एउटा ठूलो बहसको सुरुवात गरेको छ– अमेरिकी राष्ट्रपति ओबामाको भनाई उद्धृतगर्दै प्रवक्ता सुुगाले भन्नुभयो ।
जापान सरकारको नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार बिहान प्रवक्ता सुगाले भन्नुभयो– त्यस विषयमा जापानी प्रधानमन्त्रीले पनि गहिरो चासो व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री आबेले यस्ता विषयमा जापानी नागरिकले चासो लिए र अमेरिकाका तर्फबाट यी कामहरु भएका थिए भन्ने कुरामा बहस चलाए भने यसले दुई देशबीचको सम्बन्धमा नै दरार उत्पन्न हुनसक्ने कुरा बताउनुभएको थियो ।
यसअघि जापानी प्रधानमन्त्री आबेले अमेरिकी उपराष्ट्रपति जो बाइदेनसँगको वार्ताका क्रममा पनि यस्तै चासो व्यक्त गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रिय सुरक्षा निकायले वर्षौँदेखि जापानी राजनीतिज्ञहरुका साथै त्यहाँका मुख्य मुख्य कम्पनीहरुका बारेमा अमेरिकाले जासुसी गरेको सूचना केही समयअघि विकीलिक्सले सार्वजनिक गरेको थियो ।
त्यस विषयमा हाल जापानमा ठूलो बहस चलेको छ । जापानी सञ्चारमाध्यमहरुमा यस विषयले बडो चर्चा पाएको छ र त्यहाँका नागरिकले पनि यस विषयको विरोध गरिरहेका छन् ।
जापान एसिया प्रशान्त क्षेत्रका लागि अमेरिकाको एक सबैभन्दा विश्वासिलो देश हो । यी दुई देशले व्यापार, सुरक्षा एवम् प्रतिरक्षाका क्षेत्रमा व्यापक सरसल्लाह र परामर्श गर्ने गर्दछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१