काठमाडौंका डन तितरबितर, को कहाँ छन् ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ भाद्र २०७२, शनिबार ०७:५९

काठमाडौं १२ भाद्र । प्रहरी इन्काउन्टरमा कुमार घैंटे मारिएपछि काठमाडौंका डनहरु तितरबितर भएका छन् । केही स्वदेशमै लुकेका छन् भने केही विदेश भागेका छन् । गुन्डागर्दीका घटना सुस्त बनाएका छन् ।

गणेश लामा भाडामा चलाउँदै आएको होटल छाडेर अर्धभूमिगत भएका छन् । मनाङतिर गएका दीपक मनांगे घैंटे इन्काउन्टरपछि काठमाडौं फर्किएका छैनन् । चक्रे मिलनले पनि राजधानी छाडेका छन् । चक्रेका भाइ तेजेन्द्र पनि पहिलेको जस्तो खुलमखुला हिँड्दैनन् ।

ललितपुरका डन मीनकृष्ण महर्जन पनि भूमिगत छन् । गत शुक्रबार दरबारमार्गको एक बारमा ग्याङ फाइटको तयारी गरेको विष्णलामा लगायतको समूह भागेर भारतको गोहा पुगेको छ ।

बालाजुका माइला लामा, स्वयम्भूका बाघे लामा, कलंकीका विश्वक्रान्ति सिंह, नयाँ बजारका साजन महर्जनले पनि घैंटे इन्काउन्टरपछि कुनै गतिविधि गरेका छैनन् । काशी शेर्पा, रोज राणा पहिलेजस्तो समूह बनाएर हिँड्दैनन् । घैंटे इन्काउन्टरपछि राजधानीको गुन्डागर्दी क्लियर भएको छ । धेरै गुन्डा भागिसकेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१