जनै पुर्णिमा मनाइँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ भाद्र २०७२, शनिबार ०७:५०

1  काठमाडौ, १२ भाद्र । आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाईंदैछ । आत्माको शुद्धीकरण र शरीरको रक्षाको लागि भन्दै आज ब्राम्हण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन नामक धागो बाँध्ने गरिन्छ । तागाधारी अर्थात जनै लगाउनेहरुले जनै फेर्ने चलन छ ।janai
नयाँ जनै लगाउने तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धती सहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ । आज  तराई भेगमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायू तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन छ ।ra
नेवार समुदायमा भने यस पर्वलाई गुन्हु पुन्हीको नाममा बेग्लै रुपमा मनाईने गरिन्छ । जनैपुर्णिमामा मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन पनि छ । काठमाडौं उपत्यकाका नेवार समुदायले यो दिनलाई क्याटी पूर्णिमाका रुपमा मनाउने गर्छन् । ललितपुरको बुंगमतिको मच्छिन्द्र बहालबाट दिप प्रज्वलन (मतया) गरि बुंगमति नगर परिक्रम गरिन्छ ।kya
कृषि प्रधान मुलुकमा अहिले खेतीपातीको काम सकिने तथा वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा फेरि उर्जा ल्याउन टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाने चलन बसेको हो । काठमाडौ उपत्यकाका किसानले आआफ्ना खेतमा गएर भ्यागुतालाई पूजा गरी भात खुवाउने चलन पनि छ ।
आज  काठमाडौको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गंगा धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड लगायतका महादेवस्थान र त्रिवेणीधामहरुमा बिहानैदेखि मेला लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१