पत्रकार गुरुङको उपचारका लागि जापानबाट डेढ लाख सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७१, बिहीबार १६:१७

japanकाठमाडौं,२२ जेठ  । तमुधिं जापानको पहलमा मृर्गौला पीडित बरिष्ठ पत्रकार चुनबहादुर गुरुङको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग संकलन भएको छ ।तमुधिं जापानको पहल तथा शर्मिला गुरुङको संयोजकत्वमा तमुधिं जापानले आयोजना गरेको गुरुङ चलचित्र ‘भ्रे’ को प्रदर्शनीको क्रममा मृगौला रोग पीडित बरिष्ठ पत्रकार गुरुङलाई आर्थिक सहयोग संकलन गरिएको हो । संकलित रकम वरिष्ठ पत्रकार चुनबहादुर गुरुङ स्वास्थ्योपचार सहयोग समितिलाई हस्तान्तरण गरिसक्नुभएको छ । उपचार सहयोगवापत एक लाख ४७ हजार ४ सय ९४ रुपैंया समितिले काठमाडौंस्थित सञ्चालित सिभिल बैंकको खातामा जम्मा गरिएको छ ।सो चलचित्र हेर्न आउने ब्यक्तित्वहरुबाट संकलन भएको जापानी येन १०३०००  (दस मान तीन हजार), संयोजक गुरुङले २८६६६ (दुई मान आठ हजार छ सय छैसट्ठी ) र तमु धीं जापानले ३०,००० ( तीन मान ) गरी कुल जापानी येन १६३१३१ संकलन भएको थियो । यसरी संकलन गरीएको उक्त रकम तमूधीं जापानका अध्यक्ष भिम गुरुङले संयोजक शर्मिला गुरुङलाई सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो । उक्त अभियानमा सहयोग गर्नुहुने एक्स बगर युथ क्लब पोखराका संस्थापक अध्यक्ष श्री गुरुङ, अमर गुरुङ, युक्तमान गुरुङ, दिनेश गुरुङ, हर्क गुरुङ लगायत सम्पूर्ण तमु धीं जापानका पदाधिकारीहरुलाई संयोजक शर्मिला गुरुङले आभार ब्यक्त गर्नुभएको थियो ।
पत्रकार गुरुङको स्वास्थ्योपचारका लागि सहयोगका लागि पहल र सहयोग गर्नुहुने तमुधिं जापानका अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीमा वरिष्ठ पत्रकार चुनबहादुर गुरुङ स्वास्थ्योपचार सहयोग समितिले हार्दिक आधार र धन्यवाद ज्ञापन गरेको छ । साथै, सहयोगका सागि संयोजन गरी भूमिका निर्वाह गर्ने शर्मिला गुरुङलाई पनि समितिले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१