प्रियङ्का भइन मिस नेपाल अमेरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ भाद्र २०७२, शुक्रबार ११:२४

काठमाडौँ । मिस नेपाल अमेरिका–२०१५ को शीर्ष उपाधि प्रियङ्का थपलियाले हात पार्नुभएको छ । पाँचौँ संस्करणको सो सौन्दर्य प्रतियोगिता थपलियाले दस हजार अमेरिकी डलर प्राप्त गर्नुभएको छ । अमेरिकाको न्यु योर्क सोसाइटी फर इथनिकल कल्चरको सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा कौशिला लामाले फस्ट रनरअपको उपाधि प्राप्त गर्नुभयो भने नेहा झाले सेकेन्ड रनरअपमै चित्त बुझाउनुपरेको छ । missnepalamerica

इप्लानेट अमेरिका र इप्लानेट नेपालको आयोजना रहेको प्रतियोगितामा अमेरिकामा बसोवास गर्ने नेपाली मूलका १९ देखि २९ वर्ष उमेरका युवतीले प्रतिस्पर्धा जनाएका थिए । नेपालको संस्कृति, परम्परालाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यले गरिएको प्रतियोगितामा अभिनेत्री मनिषा कोइराला, अभिनेता सुनिल थापा, पूर्व मिस नेपाल सिताश्मा चन्द, इमा वारेयस (मिस वल्र्ड–२०१० फस्ट रनरअप) निर्णायक मण्डलमा हुनुहुन्थ्यो ।
यसैगरी, मिस पसर्नालिटीमा दिब्या भण्डारी, मिस फोटोजेनिकमा प्रियङ्का थपलिया, मिस ट्यालेन्टमा नेहा झा, मिस कल्चर एन्ड टुरिजममा सरुन गामी, मिस पपुलर स्मिती गिरीले प्राप्त गर्नुभएको छ भने सुनिता पुनलाई मिस डिसिप्लिन र कौशिला लामालाई मिस बेस्ट वाकको उपाधि प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, जेष्ठ ९, २०८१