खुट्टाको औलाको आकार बाट थाहा पाउनुस् कसको स्वभाव कस्तो ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ भाद्र २०७२, शुक्रबार १०:४३

खुट्टाको औलाको आकार बाट थाहा पाउनुस् अरुको स्वभाव ।

काठमाडौं ।  तपाईको औलाको आकार कस्तो  छ ? कुनै औला छोटो कुनै लामो त सबैको हुन्छ तर हेर्दा कसैको मिलेका हुन्छन् त कसैको नमिलेका हुन्छन् । अब तपाईको खुट्टाको औलाको लम्बाई (आकार) बाट तपाईको स्वभावको बारेमा अन्य मानिसले सहजै थाहा पाउन सक्छन् । र यदि तपाई पनि अरु कसैको स्वभाव जान्न चाहानुहुन्छ भने अब उनीहरुको खुट्टाको औलाको आकारबाट सहजै पत्ता लगाउन सक्नुहुनेछ । तपाई कुनै पनि मानिसको नजिक हुन चाहानुहुन्छ तर उसको बानि, स्वभाव कस्तो छ भन्ने थाहा पाउन चाहानु भएको छ भने अब तपाईले त्यस्ता मानिसहरुको खुट्टाको औलाको आकार हेर्नु पर्ने हुन्छ । हामी यहाँ पाँच प्रकारका औलाका आकारका बारेमा वर्णन गर्दैछौं ।

 

1. घमण्डि स्वभावका हुन्छन् ।
यदि खुट्टाको औलामा बुढि औला पछिका औला हरु लगातार घट्ने क्रममा छन् भने त्यसका मानिसहरु घमण्डि स्वभावका हुन्छन् । यस्ता मानिसहरु जुनसुकै ठाउँमा पनि आफुलाई मान सम्मान मिलोस भन्ने चाहाना राख्छन् र आफुले भनेको सबैले मानुन भन्ने सोच राख्छन् । यदि घरपरिवार तथा समाजमा आफुले भनेको कुरा कसैले मानेनन् भने झट्ट रिसाउँछन् । यस्ता मानिसहरु आफ्नो जीवनसाथी माथि पनि आवश्यकता भन्दा बढि नै अधिकार जमाउन चाहान्छन् ।

2. कडा परिश्रम गर्ने खालका हुन्छन् ।
खुट्टाका बुढि  औला पछिका दुईवटा औला बराबर र त्यसपछिका दुई वटा औला छोटा हुने मानिसहरु कडा परिश्रम गर्ने खालका हुन्छन् । यस्ता मानिसहरु आफैले मेहनत गरेर काममा सफलता प्राप्त गर्न रुचाउँछन् । कामको कारणले नै यस्ता मानिसहरुले मान सम्मान प्राप्त पनि गर्छन् । अरु मानिसले गरेको कामको पनि प्रसंसा गर्छन र मेहनती मानिसहरु यिनीहरुलाई मन पर्छ । यस्ता मानिसहरु आफ्नो घरपरिवारमा आफ्नो जिम्मेवारी बहन पनि गर्छन् । यि मानिसहरु आफ्नो कामले गर्दा नै धेरै उपलब्धि हासिल गर्छन् ।

 

3. अदु्रत ढगंले काम गर्छन् ।
जसको चोर औला लामो र अन्य औलाहरु छोटा हुन्छन् त्यस्ता व्यत्तीहरु कुनै पनि काम युनिक तरिकाले गर्न रुचाउँछन् ।  कामको बिषयमा यिनिहरुको योजना अरको भन्दा फरक हुन्छ । आफ्नो योजनाको कारण यिनिहरुलाई अलग स्थान पनि मिल्छ । घरपरिवारमा पनि यिनिहरुलाई बिशेस सुख सुुविधा प्राप्त हुन्छ ।

4. शान्ती प्रिय हुन्छन् ।
बुढी औला बाहेकका अरु औलाहरु छोटा र लम्बाई पनि बराबर भएका व्यत्तीहरुको स्वभाव शान्तहुन्छ । यीनिहरु क्ुल माईन्डवाला हुन्छन् । कुनै पनि काम आरामसँग गर्न रुचाउँछन् । यीनिहरु कहिल्यै पनि आवेशमा आउदैनन् । यस्ता व्यत्तीहर आफ्ना बिरोधीहरुसँग पनि शान्तपुर्ण ढगंले विजय प्राप्त गर्छन् ।  शान्ती प्रिय हुने कारणले गर्दा कहिले काही अल्छी पनि हुन्छन् । जसको कारण काममा पनि ढिला हुन सक्छ ।

 

 

5. जाँगरीला हुन्छन् ।
जसको चोर औला लामो र त्यसपछिका औलाहरु छोटो हुने क्रममा हुन्छन् त्यस्ता व्यत्तीहरु  एर्जावान हुन्छन् । खासगरि यी व्यत्तीहरु क्रेजी हुन्छन् । यी व्यत्तीहरु कुनै पनि काम पुरा जोस रजाँगरका साथ गर्न रुचाउँछन् । यस्ता मानिसहरु मोजमस्त गिर्न पनि रुचाउँछन् । यस्ता मानिसहरु जीवनमा खुसी हुन आनन्द लिनरुचाउँछन् आफु पनि खुसी हुन्छन् र अरुलाई पनि खुसी राख्ने प्रयास गर्छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१