टीकापुर, ११ भाद्र । हिंसात्मक घटनापछि टीकापुर र आसपासका गाउँमा करिब एक सातादेखि २४ घन्टे कफ्र्यु छ । सुरक्षाका लागि सरकारले नेपाली सेनासमेत परिचालन गरेको छ । यद्यपि, असुरक्षित महसुस गर्दै स्थानीयले घर छाडेपछि गाउँ खाली भएका छन् । महिला र बालबालिका मात्रै गाउँमा भेटिन्छन् । त्रास कतिसम्म भने नयाँ अनुसार देख्नासाथ स्थानीय नजिकै पर्न चाहँदैनन् । ‘जे नहुनु पर्ने त्यही भयो, एउटाको कारणले दुवै समुदाय त्रासमा छ,’ जोशीपुर–७ का नरेश मल्लले भने,‘अहिले एकअर्को समुदायलाई देखेर डराउने अवस्था छ । त्यसैले गाउँ युवाविहीन छन् ।’ स्थानीय प्रशासनले सुरक्षाका लागि आश्वस्त पार्न नसक्दा टीकापुरनिकट गाउँहरु खाली भएको सर्वसाधारणको गुनासो छ । दुवै समुदाय लम्की, धनगढी, बर्दियाको राजापुरलगायतका आफन्त र छिमेकीका घरमा गएका छन् । टीकापुर आसपासका जोशीपुर, मनिकापुर, कञ्चनपुर, मनुवा, दुर्गौलीलगायतका युवाले गाउँ छाडेपछि महिला, वृद्द र बालबालिका मात्रै बाँकी छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया