नुवाकोट, ११ भाद्र । नुवाकोटका विभिन्न ठाउँमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाकै कै गोर्स्याङ काभ्रेस्थलीमा पहिरोले ५ जनाको ज्यान लिएको प्रहरीले जनाएको छ । पहिरोबाट ६ जना घाइते भएको बताएको छ । घटनास्थल सदरुमुकामदेखि झण्डै १७ किलोमिटर पश्चिममा पर्छ ।
घाइतेहरुलाई उपचारका लागी सदरुमुकाम ल्याउने तयारी भइरहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार गएराति अबेर आएको पहिरोले ३ वटा घर पुरिनुका साथै ५ जनाको घटनास्थलमा नै ज्यान गएको हो। त्यस्तै जिल्लाकै सामरी ७ धारलीमा पहिरो जाँदा ८० वर्षीया टेककुमारी थापा मगरको पहिरोमा पुरीएर मृत्यु भएको छ । पहिरोमा अरु पनि पुरिएको हुनसक्ने अनुमान छ । नेपाली काग्रेस नुवाकोटका सभापति तथा सभासद जगदीशशोर नरसिंह के. सि ले घट्नाको खबरले दुखिद तुलायको बताउदै ,मुत्य आत्माको चिरसान्ती कामना गर्दै ,परिवारजनमा धर्यधारना गर्ने शक्ति प्रदान गरोस् र घाइतेको उपचारको जिम्मा सरकारले लिन अनुरोध गर्नुभएको छ । घटनाको थप जानकारी आउन बाँकी छ ।
प्रतिक्रिया